आइतबार, साउन ०४, २०७७ || 726  पटक पढिएको

नेकपा अध्यक्ष प्रचण्डले हिजो सचिवालय बैठकमा अप्रत्यासित यु टर्न लिएर,सहयोगीहरुलाई राखी रास्ट्रपतिसामु बिस्तृत छलफल पनि भएर खुमल्टार फर्किएपछि ‘कुनै सहमति नभएको’ स्पष्ट पार्न खोज्नुभए तापनि अहिलेको विवादमा आफूलाई साथ दिने अरु नेतालाई थाहै नदिई दुई अध्यक्षबीच चाहिँ मज्जैले सहमति भएको खुलासा भएको छ ।

‘महाधिवेशनमा अध्यक्षको लागि टक्कर पर्ने माधवजीसङ्गै हो, बरु त्योभन्दा त मै साथ दिएर तपाईंलाई एकल अध्यक्ष बनाइदिन्छु नि !’ यही आश्वासनबाट प्रभावित भएर उहाँ अकस्मात प्रधानमन्त्री केपी ओलीको रक्षाकवच बन्न पुग्नुभएको बताइन्छ ।

‘तत्काल प्रधानमन्त्री रोज्ने कि एकल अध्यक्ष,रोजेर लिनोस् भन्ने माधव पक्षको ब्ल्यान्क चेकभन्दा महाधिवेशनबाट हाम्रो साथ र समर्थनमा एकल अध्यक्ष बन्ने प्रस्तावचाहिँ उहाँलाई स्वादिलो लाग्यो, जोगी बन्न यहाँ कसले राजनीति गरेको छ र नाफा नोक्सान यसो हिसाब गर्नुभयो, हाम्रो कुरा ठीक लाग्यो र यतातिर आउनुभयो,’ ती नेताको कथन थियो ।

‘माधवजीलाई हामी पूर्व एमाले, त्यो पनि जबज पक्षधरहरु मिलौँ भन्दा सफलता हात नलागेको, वामदेवजीलाई मध्यराति अध्यक्ष बनाउने अफर पठाउँदा सम्झाउन नसकिएको, बादललाई उहाँनिकट तेह्र भाइले घेराबन्दी गरेर उतैको क्याम्पमा पुर्याएको, यी सबतिर हात हाल्नुभन्दा टाउकोलाई नै आफूतिर तान्न सकियो भने टन्टै साफ !’ बालुवाटारनिकट एक नेताले आज बिहान के गरी प्रचण्डलाई तान्न सक्नुभो भन्ने जिज्ञासाको जवाफमा बताए ।

उनका अनुसार, यो टिट फर ट्याट विधि हो, ढाडमा टेकेर अरुको टाउकोमा हान्ने उहाँकै कार्यशैलीलाई यसपटक उपयोग गरी माधव, झलनाथ, वामदेव, नारायणकाजीतिर सोझ्याइएको हो ।

‘प्रचण्ड रिस्क मोल्न, अरुको अन्तर्द्वन्द्वमा खेल्न रुचाउने स्वभावको भएकै कारण हामीलाई सजिलो भयो, निरन्तर सम्पर्कमा राख्ने र एकल वार्तामा इङ्गेज गराउने हो भने प्रचण्डजति सजिलै कन्भिन्स गराउन सकिने पात्र कोही भेटिँदैनन्,’ बालुवाटार श्रोतले यो पनि बतायो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!