भारतको बनारसमा कपाल मुण्डन गरी दुव्यर्वहार गरिएको भनिएका व्यक्ति नेपाली नभई भारतीय नागरिक भएको खुलेको छ । बाराणसी प्रहरीले केस मण्डन गरिएका व्यक्ति भारतीय नागरिक पुष्टि गरेको हो ।

अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको विरोधमा विश्व हिन्दु सेनाले केस मुण्डन गरेर नेपाली नागरिकमाथि दुव्यर्वहारको शैलीमा प्रचार गरिएको थियो ।

असार २९ गते भानु जयन्तीका दिन प्रधानमन्त्री ओलीले भगवान राम नेपालमा जन्मिएको र भारतले नक्कली अयोध्या खडा गरेर साँस्कृतिक अतिक्रमण गरेको अभिव्यक्ति दिएका थिए । नेपालीलाई जबरजस्ती केस मुण्डन गरी टाउकोमा श्रीराम लेखेको भन्दै प्रधानमन्त्री ओली र नेपालविरुद्ध मुर्दाबादको नारा लगाएको भिडियो विश्व हिन्दु सेनाले सार्वजनिक गरेको थियो ।

यस विषयमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग टेलिफोन सम्वाद गरेर साचो राखेका थिए । मुख्यमन्त्री योगीले राजदूत आचार्यसँग घटनामा संलग्नलाई कारवाही गर्ने आश्वासन दिएका थिए । प्रहरीले उक्त घटनाकमा संलग्न ६ जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!