बाजुराको बुढीगंगा नगरपालिका–७ का वडाअध्यक्ष भुवन केसीका छोरासहितको समूहले प्रहरीमाथि आक्रमण गरेको छ । आक्रमणमा २ प्रहरी घाइते भएका छन् । आक्रमणबाट रिठा प्रहरी चौकीका इन्चार्ज र एक प्रहरी जवान घाइते भएका हुन् । घाइते उनीहरुको अछामको बयालपाटा अस्पतालमा उपचार भइरहको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक (डीएसपी) टंकप्रसाद भट्टराईका अनुसार बाजुराका एक व्यापारी कुटपिट गर्ने समूहलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै आक्रमण भएको हो । बुढीगंगा नगरपालिका–८ बेतालमाण्डौ बजारमा होटेल सञ्चालन गर्दै आएका व्यापारी पारस रावतलाई स्थानीय युवाहरूले कुटपीट गरेको उजुरीपछि पक्राउ गर्न गएको प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका हुन् । ढुंगामुढा गर्ने वडाअध्यक्षका छोराको समूह फरार रहेको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!