खबर ठुलो छ

नेपाल सरकारको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत यस वर्ष खोटाङका दुई हजार ३८८ घरधुरीमा जस्तापाता लगाइने भएको छ । शहरी विकास मन्त्रालयको लगानीमा खोटाङका दुई हजार ३८८ वटा घरमा लगाइएको खर वा फुसको छाना विस्थापित गरेर जस्तापाताको छाना लगाइने भएको हो । शहरी विकास मन्त्रालयले जारी गरेको सूचनाअनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ३४८, हलेसी तुवाचुङ नगरपालिकाका ३४३, ऐंसेलुखर्क गाउँपालिकाका २३१, रावाबेँसी गाउँपालिकाका २०६, जन्तेढुङ्गा गाउँपालिकाका २२०, खोटेहाङ गाउँपालिकाका २८०, केपिलासगढी गाउँपालिकाका २११, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका २०३, बराहपोखरी गाउँपालिकाका १९६ र साकेला गाउँपालिकाका १५० घरधुरीमा जस्तापाता लगाइने भएको छ । जिल्लामा गत वर्षदेखि लागू भएको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत गत वर्ष दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २५ घरका लागि जस्तापाता खरिदका लागि रकम उपलब्ध गराइएको थियो । पन्ध्र वडा रहेको सो नगरपालिकामा नगरपालिकाको तर्फबाट २० घर थप गरेर ४५ घर गरिब परिवारलाई जस्तापाताको छाना हाल्नका लागि रकम प्रदान गरिएको छ । दुई वर्षभित्र खरको छानामुक्त बनाउने थालेको नगरपालिकामा करिब ९०० घर गरिब परिवार रहेको नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो । सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत सरकारले तीन वर्षभित्र देशभर खरको छानामुक्त गर्ने लक्ष्य लिएको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताउनुभयो । “अति विपन्न, असहाय, अशक्त, वृद्धवृद्धा, अनाथ बालबालिका, एकल महिला बसोबास गरेका घरलाई पहिलो प्राथमिकता दिइनेछ”, उहाँले भन्नुभयो, “तीन वर्षभित्र जिल्लाका सबै घरबाट खर वा फुसको छाना हटाएर जस्तापाता लगाइने छ ।” दुई नगरपालिका र आठ गाउँपालिका गरी दश स्थानीय तह रहेको जिल्लामा ४२ हजार घरधुरी स्थानीय बासिन्दा बसोबास गर्दै आएका छन् । शहरी विकास मन्त्रालयमा उपलब्ध तथ्याङ्कअनुसार खोटाङमा २३ हजार खरको छाना भएको घर रहेका छन् ।

शनिबार, साउन ०३, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया