हाल अमेरिकामा रहेका निर्देशक श्याम भट्टराईले फेसबुकमा निर्देशक निश्चल बस्नेतप्रति आक्रोश व्यक्त गर्दै स्टाटस लेखेका थिए । सिनियर कलाकारप्रति निश्चलले सम्मान नगरेको भन्दै श्यामले “तिम्रो र तिम्रो बुढीको पासपोर्ट कपी मैसँग छ धेरै नबोल” धम्कीपुर्ण स्टाटस लेखेका थिए । निर्देशक बस्नेतको यस प्रकारको स्टाटसप्रति नायिका स्वस्तिमा खड्का (निश्चल पत्नी) ले आपत्ती जनाएकी छिन् ।

अमेरिकामा बस्दै आउनु भएका साथै ग्लोबल फिल्म अवार्डका आयोजक समेत रहनु भएका एक व्यक्तिले केही दिन अघि एउटा स्टाटस लेख्ने क्रममा “तिम्रो र तिम्रो बुढीको पासपोर्ट कपी मैसँग छ धेरै नबोल” भनेर धम्कीपूर्ण स्टाटस लेख्नुभएको थियो । त्यो स्टाटस र विषय अलग थियो होला । तर धेरै जनाले पासपोर्टको विषयलाई लिएर’ पासपोर्ट काण्ड के हो भनेर प्रश्न गरिरहनु भएको छ ? ’ मैंले कार्यक्रमको लागि भनेर पठाएको पर्सनल डकुमेन्टलाई लिएर यस्तो खालको धम्की आउनु आफैमा गलत प्रवृत्ति हो ।त्यसरी प्रोफेसनल कामको लागि पठाएको पर्सनल इन्फरमेसनको कुराले बिना कारण धम्काउनु आफैमा अन प्रोफेसनल काम हो । उहाँ जस्तो प्रतिष्ठित अवार्डको आयोजकबाट मैंले यस खाले गतिविधिको अपेक्षा गरेको थिइन् । आगामी दिनमा भने कलाकारहरूले कामको लागी पठाएको पर्सनल इन्फरमेसनको गलत प्रयोग हुने छैन भन्ने कुराको आशा राख्दछु’, स्वस्तिमाले फेसबुकमा लेखेकी छिन् ।

स्वस्तिमाको आपत्तीलाई निर्देशक भट्टराईले फेसबुक मार्फत नै सफाइ दिएका छन् । ‘स्वस्तिमा वहिनी, सर्वप्रथम त तपाईं जस्तो प्रतिभाशाली कलाकारको म सधै प्रशंसक हो, तपाईको अझ वढी उन्नती र प्रगतीको कामना गर्दछु । रह्यो कुरा पासपोर्टको, राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ जस्ता नेपाली चलचित्रका महान हस्तीहरूलाई सम्मान गर्न लागिएको अवार्डमा यहाँहरूको पनी उपस्थित हुन ईच्छा देखाएर प्रकृयाको लागी पासपोर्ट कपी मलाई दिनु भएको हो ।

सो बाहेक अन्य कुनै प्रयोजनको लागी नदिएको र नलिएको जानकारी पनी तपाई हाम्रा सबै शुभचिन्तकलाई जानकारी गराउँदछु । यसरी उक्त समारोहमा उपस्थित हुन चाही अभिप्रेरित गरेको निर्देशक निश्चल वस्नेत ज्युको हृदयभित्र, तीनै हाम्रा अग्रज हस्तीहरूप्रतिको सम्मान चाही कुन स्तरमा रहेछ भन्ने कुरा सामाजिक संजालमा प्रसारणमा आएको भिडियो देखेपछि हामी चलचित्र प्रेमी कसैलाई पनी अवश्य खुशी बनाएन ।

र त्यस्तो थियो भने किन ईच्छा जाहेर गर्नुभएको थियो त भन्ने आशयका साथ लेखीएको त्यो स्टाटस ले तपाईलाई पर्न गएको असुविधा प्रती म चिन्ता व्यक्त गर्दछु । र यसै पोस्टबाट उल्लेखित वास्तविकता बुझिदिनु तपाई हाम्रा शुभचिन्तक साथीहरूलाई अनुरोध गर्दछु । अन्ततः तपाईको अझै वढी तपाईको प्रगतिको कामना गर्दै उक्त अभिव्यक्ती ग्लोलव नेपाली फिल्म अवार्डको तर्फबाट नभई एक स्वतन्त्र चलचित्रकर्मीको हैसियतमा लेखीएको जानकारी पनी गराउँदछु’, श्यामले फेसबुकमा लेखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!