बुधबार, पौष २३, २०७६ || 1083  पटक पढिएको

हिपमत डटकम
जनकपुरधाम,पौष २३ : जनकपुरधाम उपमहानगरपालिका र स्थानीय सञ्चारकर्मीवीच उपमहानगरपालिकाभित्र भएको कुटपिटको घटानमा एकले अर्कोलाई दोषी देखाउने जुहारी चलेको छ ।

पुस २२ गते स्थानीय सञ्चारकर्मीहरु मेयर लालकिशोर साहसँग प्रतिकृया लिन जाँदा लामो समय कुराएर पछि पत्रकारमाथि कुटपीट भएको भन्दै पत्रकारहरुले विरोध गरेका छन् ।

 

पत्रकारहरुले मेयरको व्यवहारको विरोध गरिरहेका बेला उपमहानगरपालिकाले भने त्यसको बचाउ गरेको छ । उपमहानगरापलिकालो पत्रकारहरुको दावीलाई खण्डन गर्दै तथाकथित संचारकर्मीका कारण घटना हुन पुगेको जनाएको छ । उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहीलाल यादवले एक विज्ञप्ति जारी गर्दै केही तथाकथित सञ्चारकर्मीको स्वेच्छा पुरा गर्न नसकेका कारण पुस २२ गते घट्ना हुन पुगेको जनाएका छन् ।

उपमहानगरापालिकाले घट्नाले आश्चर्य चकित भएको भन्दै घटनामा संलग्नहरुलाई कारवाहीको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!