बुधबार, आषाढ ३१, २०७७ || 753  पटक पढिएको

सरकारी लगानीको साझा यातायातले भोलिबाट बस सेवा शुरु गर्ने भएको छ । साझाले २६ वटा बसमार्फत् काठमाडौँका अधिकांश रुटमा सेवा शुरु गर्न लागिएको हो । पहिलो दिन सरकारले तोकेअनुसार नै सिटभन्दा आधा यात्रु राखेर बस सञ्चालन गर्न लागिएको साझाका व्यवस्थापक महेन्द्र पाण्डेले बताए ।

बसका कर्मचारी र यात्रु दुवैले आवश्यक सुरक्षाप्रति सर्तक हुने गरी बस सञ्चालन गर्न लागिएको छ । उनका अनुसार यात्रुले साझाका बसमा चढ्दा माक्स लगाउने, सेनेटाइजरको प्रयोग गर्ने र सामाजिक दुूरी कायम गर्नेसँगै खुद्रा पैसा बोकर मात्रै बसमा यात्रा गर्नुपर्छ । उनले भने, “बसका कर्मचारीले पनि माक्स, पञ्जा र सेनेटाइजरको व्यवस्था गरिएको छ ।” पहिलेकै रुटमा सामान्य अवस्थाभन्दा कम बसबाट सेवा शुरु गर्न लागिएको साझाले जनाएको छ । पहिले थोरै बसबाट शुरु गरिएमा आवश्यकतानुसार थप गर्दै जाने व्यवस्थापक पाण्डेले बताए ।

सरकारले तोकेअनुसार नै भाडा लिइनेछ । मन्त्रिपरिषद्को बैठकले सार्वजनिक यातायात सञ्चालनको निर्णय गरेपछि पनि यातायातले बसको मर्मतलगायतका तयारीका काम गरिरहेको थियो । यातायात व्यवस्था विभागले औपचारिक रुपमा पत्र नदिएकाले सेवा शुरु गर्न नसकेकामा पत्र प्राप्त भएसँगै शुरु गरिएको हो । उनले भने, “आगामी दिनमा आवश्यकतानुसार सेवा विस्तार हुनेछ ।” विसं २०१९ सालबाट बस सेवा शुरु गरेको संस्थाले विगतमा सबैभन्दा लोकप्रिय सवारी साधन मानिन्थ्यो । विभिन्न समस्याका कारण विसं २०६४ मा अवरुद्ध सेवा विसं २०७० मा पुनः स्थापित भएको हो । काठमाडौँ उपत्यकामा १० रुट रहेकोमा साझाको उपत्यका बाहिर पनि सेवा विस्तार गरेको छ । संस्थाले काठमाडौँ उपत्यकामा अपाङ्तामैत्री सेमी लो फ्लोर बस सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!