भोलिबाट अन्तर बैंकिङ कारोबारमा अतिरिक्त शुल्क लाग्ने भएको छ । अन्य कुनै पनि बैंकको खातावालाले आफ्नो बैंकसँग कारोबार गर्दा अतिरिक्त शुल्क लिने कि नलिने भन्ने अधिकार स्वयम् बैंकको जिम्मा आएसँगै शुल्क लाग्ने पक्का भएको हो । अन्तर बैंकिङ कारोबारमा अतिरिक्त शुल्क लिने कि नलिने भन्ने निर्णयको अधिकार सोही बैंकलाई जिम्मा लगाइएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले रातोपाटीलाई जानकारी दिए । ‘हामीले शुल्क लिन पाउने कि नपाउने भन्ने विषयमा कुनै निर्णय गरेका छैनौं । बरु सो निणर्य स्वंय बैंकको जिम्मा लगाएका छौं ।’ अध्यक्ष दाहालले भने, ‘कति बैंकले लिन पनि सक्छन् र नलिन पनि सक्छन् । अब यो उनीहरुकै स्वःनिर्णयको विषय हो ।’

नेपाल बैंकर्स संघ डेभलपमेन्ट बैंक एशोसिएसन र नेपाल वित्तीय संस्था संघले बुधबार एक विज्ञप्ति जारी गर्दै शुल्क लिने नलिने निर्णय सम्बन्धित बैंक वित्तीय संस्थालाई जिम्मा दिइएको जनाएको छ । योसँगै भोलि श्रावण १ गतेबाट अन्तर बैंकिङ् कारोबार गर्दा अतिरिक्त शुल्क लाग्न सक्ने छ । जस अन्तरगत एक बैंकको खातावालाले अर्को बैंकको एटिएम बुथबाट पैसा झिक्दा, मोबाइल बैंकिङमार्फत रकम ट्रान्फर गर्दा वा क्रेडिट कार्ड प्रयोग गर्दा अतिरिक्त पैसा लाग्नेछ ।

तर यो निर्णय बैंकको आफ्नै निणर्यमा छाडिएकाले सबै बैंकहरुले अतिरिक्त शुल्क नलगाउन पनि सक्छन् । यसअघि कोरोनाको कहरका बीच गत चैत्र ११ गतेबाट मुलुक लकडाउनमा गएसँगै सबै बैंकहरुले अन्तरबैंकिङ कारोबारमा अतिरिक्त शुल्क छुट दिँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!