नेपाल औषधि उत्पादक संघ (एपोन) सरकार विरुद्ध आन्दोलित भएको छ । कोभिड–१९ का बीच अत्यावश्यक मानिएको मास्क, सेनिटाइजरलगायतका अत्यावश्यक मेडिकल सामाग्रीहरु नेपालमै उत्पादन हुँदाहुँदै सरकारले विदेशी उत्पादनलाई प्राथमिकता दिएर स्वदेशी उत्पादन र उद्योगको उपेक्षा गरेको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन् । मास्क, सेनिटाइजर लगायतका अत्यावश्यक मेडिकल सामाग्री उच्च क्वालिटीमा नै उत्पादन गर्ने क्षमता स्वदेशी उद्योगहरुमा हुँदाहुँदै सरकारले स्वदेशी उद्योग र उत्पादन दुबैलाई उपेक्षा गर्दै विदेशी कम्पनीहरुलाई प्राथमिकता दिएको संघको आरोप छ । उक्त कार्य तत्काल रोकी स्वदेशी उत्पादनलाई नै पहिलो प्राथमिकता दिन संघले सरकारसँग माग गरेको छ । संघले गत २०७४ जेठ १७ गते भएको स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै औषधिमा आत्मनिर्भर उन्मुख गराउने समझादारीको कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । विदेशी उत्पादनको आयात र प्रयोगको विरुद्धमा केही दिनदेखि राजधानीमा चरणवद्ध आन्दोलनमा उत्रिएका व्यवसायीहरुले ५ बुँदे माग राख्दै आज पनि आन्दोलन जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!