बुधबार, आषाढ ३१, २०७७ || 648  पटक पढिएको

मनसुन सक्रिय भएसँगै बैतडीका विभिन्न स्थानका नागरिकलाई पहिरोको पिरलो हुन थालेको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–६ डोलमा करिब ६० वर्षदेखि पहिरो खस्न थालेको भए पनि रोकथामका लागि केही पहल नहुँदा उक्त क्षेत्रका नागरिकलाई बर्सातको समयमा हरेक वर्ष चिन्ता हुने गरेको छ । विसं २०१८ देखि शुरु भएको पहिरोले नौ जनाको ज्यान लिएको तथा २०० रोपनी खेत बगाइसकेको छ । अहिले पनि पहिरोले खेत बगाउने क्रम जारी छ । तत्कालीन राजा वीरेन्द्रले डोल बस्ती स्थानान्तरणका लागि हुकुमप्रमाङ्गी दिएको भए पनि राजनीतिक खिचातानीले बस्ती स्थानान्तरण हुन नसकेको स्थानीयवासी वीरसिंह भण्डारीले बताउनुभयो । ठूलो पहिरो भएकाले हरेक वर्ष खस्ने गरेकाले पहिरोले बर्सेनि सताउने गरेको स्थानीय भोजराज जोशीले बताउनुभयो । “कमेरोयुक्त माटो भएकाले पहिरो नियन्त्रणमा आउन सकेको छैन”, उहाँले भन्नुभयो, “वर्षा शुरु भयो कि पहिरोकै डर हुने गर्दछ ।” पहिरोकै कारण घर भत्कने अवस्थामा पुगेको स्थानीय लोगसिंह भाटले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आँगन नजिकैबाट पहिरो गएकाले निकै डर लाग्ने गर्दछ ।” अहिले पनि २०–२५ परिवार पहिरोको जोखिममा रहेका भाटको भनाइ छ । यस्तै पुर्चौंडी नगरपालिका–८ लामुनी पहिरोको सास्ती पनि उस्तै छ । पहिरोले प्रत्येक वर्ष नोक्सानी गर्ने गरेको स्थानीय गणेश साउदले जानकारी दिनुभयो । पहिरोका कारण खेतीयोग्य जमीन प्रत्येक वर्ष बग्दै गएको छ । उहाँले भन्नुभयो, “पहिरो नियन्त्रणका लागि करिब रु दुई करोड खर्च भइसकेको भए पनि पहिरोमुनि तटबन्ध निर्माण गरेको हुँदा तटबन्ध पनि पहिरोले बगाउने गरेको छ ।” यस्तै मेलौली नगरपालिकाको विशालपुरमा पनि पहिरोको जोखिम रहेको स्थानीय महेश भट्टले जानकारी दिनुभयो । उहाँले भन्न्ुभयो, “पहिरोका कारण प्रत्येक वर्षामा स्थानीयवासी डरमै बस्नुपर्ने अवस्था छ ।” वर्षा शुरु भएसँगै जिल्लाका विभिन्न स्थानमा पहिरोको जोखिम बढ्दै गएको स्थानीयवासीले बताएका छन् । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार बैतडीका आठ स्थानीय तहमा पहिरोको उच्च जोखिम छ तर पनि धेरै स्थानीय तहहरुले विपद् व्यवस्थापन योजना बनाउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!