हिपमत डटकम
बिराटनगर,पौष २३ :करिब ४ बर्ष अघि आफ्ना बाबुको मृत्यू भएपछि पुष्पा र पुजाकी ममीले छोरीहरुलाई पोखरामा ल्याएर पढाईन् । आर्थिक अवस्था दयानिय भएपनि दुःख गरेर उनले छोरीहरु पालेकी थिइन् तर तीनै आमा पनि बितेपछि उनै १४ बर्षकी पुजा र ११ बर्षकी पुष्पाको साहारा हराएको छ । मामाघरमा बसेर पढ्दै आएका उनीहरुको गाउँ भने नेपालगंज हो । नेपालगंज भनिएपनि उनीहरुको घरसंग राम्रो सम्बन्ध थिएन । बाबुको मृत्यू भएपछि पोखरामा आए र घरबाट वास्ता नगरेकै कारण उनीहरु नेपालगंज गएनन् । आमाको पनि मृत्यू भएपछि पुजा र पुष्पालाई मावली गाउँलेहरुले सहयोग गरिरहेका छन् भने देशका बिभिन्न ठाउँहरुबाट पनि सहयोग आउनेक्रम जारी छ । काजक्रिया सकिएको र नेपालगंजतिर पनि खबर गरिएको तर उनीहरुले वास्ता नगरेको सागर गिरीले बताए । यसो त पुजाले पनि आफूहरु मामाघर छोडेर कतै नजाने बताईन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!