मंगलबार, आषाढ ३०, २०७७ || 774  पटक पढिएको

काठमाडौं जिल्ला चन्द्रागिरि नगरपालिका वडा नं १ ईन्द्रथान (इन्द्रदह)नजिकै मोटरसाईकल भिरबाट खस्दा १ जनाको मृत्यु भएको छ । ईन्द्रथानबाट नैकापतर्फ आइरहेको बा ६६ प ५८६६ नम्बरको मोटरसाईकल एक्कासी अनियन्त्रित भई सडकबाट खस्दा १ जनाको मृत्यु भएको हो । महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले दुर्घटनामा परि मोटरसाईकल चालक चन्द्रागिरि १५ ढुंगेअड्डा बस्ने ३४ वर्षीय रूपेश खड्काको शहिद मेमोरियल अस्पतालमा मृत्यु भएको बताए । प्रहरी नायव उपरीक्षक श्रेष्ठकाअनुसार सोही स्थानका ३५ वर्षीय विजय शाही ठकुरी घाईते भएको अवस्थामा तत्काल महानगरीय प्रहरी विट विन्दवासिनी, महानगरीय प्रहरी प्रभाग बलम्बु र स्थानीयबासीहरूले उद्दार गरी अस्पताल पठाइएको उनले जानकारी दिए । ठकुरीको शहिद मेमोरियल अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!