आइतबार, आषाढ २८, २०७७ || 961  पटक पढिएको

एउटी महिला तब मात्र पूर्ण हुन्छिन्, जब उनी आमा बन्छिन् । अनेक दुःख क’ष्ट सहेर उनले परिवारलाई पूर्ण हुने खुशी पनि प्रदान गर्छिन् । भनिन्छ, आमा बनेपछि महिलाको शरीर स्वस्थ दुवै पहिले जस्तो हुँदैन । उनमा पहिलाको जस्तो यौ’न इच्छा पनि रहँदैन ।तर, संसारभरी गरिएको अध्ययनले के बताउँछ भने आमा बनेको केही समयपछि महिलामा का’मेच्छा स्वाभाविक रुप बढ्न थाल्छ । तर आमा बने पछि आफ्नो यौ’न जीवन बि’ग्रेको धेरै महिलाहरु बतायँछन् ।

कसै-कसैले त बच्चा जन्मेको एक वर्ष भैसक्दा समेत यौ’न सम्प’र्क गर्दैनन् । श्रीमान्-श्रीमती मात्र हुँदा हरेक समय यौ’न सम्प’र्ककोलागि सहज वातावरण हुने भए पनि बच्चाका कारण यौ’न स’म्पर्कका लागि समय मिलाउनु पर्ने भएकाले पनि त्यस्तो असहज परिस्थिति सिर्जना हुन्छ ।

आमा बनेपछि विभिन्न कारणले गर्दा महिलामा यौ’न चाहाना कम हुन्छ तर बच्चा जन्मिएकै कारण एउटा दम्पत्तिको यौ’न जीवनमा पुर्ण विराम भने लाग्दैन ।

के भन्छिन् स्त्री रोग विशेषज्ञ ?

टेकु, काठमाडौंस्थित राष्ट्रिय जन स्वास्थ प्रयोगशालाकी प्रमुख कन्सलट्यान्ट प्याथोलोजिष्ट तथा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. मुकुन्दा शर्माका अनुसार सामान्यतया बच्चा जन्मेको ४५ दिनपछि नै महिलाहरु यौ’न सम्प’र्कका लागि तयार हुन सक्छन् । प्रायः हार्मो’न व्यालेन्समा आएपछि महिलाहरुमा यौ’न इ’च्छा बढ्न थाल्ने पनि डा.शर्मा बताउनु हुन्छ । तर प्रायः महिलाहरु यो समयमा यौ’नस’म्पर्क गर्न सहज महसुस गर्दैनन् ।

आमा बनेपछि यौ’नस’म्पर्कको लागि समय निकाल्न गाह्रो हुनु स्वभाविक नै हो । यो समयमा एउटी आमालाई आफ्ना सन्तानको हेरचाह बढि महत्वपूर्ण हुन्छ । त्यसैले यौ’न स’म्पर्कप्रति रुची बढाउनका लागि प्रारम्भमा चु’म्बन, प्रगाढ आलिङ्न जस्ता क्रि’याकलापहरु गर्नु पर्छ ।

आमा बनेपछि महिलाको शरीर पहिला भन्दा फरक हुन्छ । आमा बनेपछि शरीर पहिले भन्दा मोटो हुनु स्वभाविक नै हुन्छ । यस्ता स्थितिमा आफ्नोशरीरप्रति चिन्ता गर्नु हुँदैन । यसले तपाईको यौ’न इ’च्छालाई घटाउने काम गर्छ । समय बित्दै जाँदा तपाईको शरीर आफ्नो आकारमा आउन थाल्छ । आफ्नो शरीर बच्चाको जन्मेसंगै परिवर्तन भएको कुरालाई स्वीकार गर्नु पर्छ, यसले तपाईको आत्मविश्वास बढ्छ ।

डा.मुकुन्दा शर्मा अनुसार महिलाले सु’त्केरी समयमा आफ्नो लागि पनि केहि समय निकाल्नु पर्छ । यसको साथै धेरै भन्दा धेरै समय आराम गर्ने र कार्बोहाइड्रेट भएको र धेरै चिल्लो खानाहरु खानु हुँदैन । यसो गर्दा अनावश्यक तौल बढ्दैन र आफ्नो शरीर भद्दा पनि हुन पाउँदैन ।

त्यस्तै शरीरका गो’प्य अं’गहरुलाई सामान्य अवश्थामा ल्याउनका लागि पेरिमेल एक्ससाइज गर्नु उपयुक्त हुन्छ । आमा बनेको ४५ दिनबाट यो एक्ससाइज गर्न सकिने डा.शर्मा बताउनु हुन्छ । त्यसबाहेक बिहान केही समय हिँड्ने बानी गर्नु पर्छ । घर बाहिर जान सम्भव भएन भने घर वरपर नै हिड्नुपर्छ । यसो गर्दा तपाईको शरीर आफ्नेा आकारमा आउन थाल्न । आर्थिक कारणले गर्दा अधिकांस महिलाहरु पौष्टिक आहार लिन सक्षम हुँदैनन् । तर, आफ्नो क्षमताले भ्याएसम्म पौष्टिक आहार लिनै पर्छ ।

सु’त्केरीपछि यौ’नसम्ब’न्ध राख्दा पी’डा हुन्छ कि हुँदैन ? भयो भने के गर्ने ?

धेरै समयपछिको यौ’न स’म्पर्कमा केही पी’डा हुनु स्वभाविक नै हो । पी’डा हुने-नहुने भन्ने कुरा तपाईको डेलिभरि कस्तो प्रकारको हो, नर्मल अथवा अप्रे’सन, भन्ने कुरामा पनि भर पर्छ । दुबै किसिमको डेलिभरीको समयमा धेरै घा’उ भएको अथवा धेरै छा’ला च्या’तिएको छ भने केही पि’डा हुन्छ । तर सामान्य स्थितिमा ४५ दिन बितेपछि यौ’नस’म्पर्क राख्दा पी’डा नहुने डा.शर्मा बताउँछिन् ।

यौ’नस’म्पर्कको समयमा धेरै पी’डा भयो भने केही समय आफ्नो शरीर सामान्य हुन दिनु पर्छ । पछिसम्म पनि यहि समस्या रहिरह्यो भने डाक्टरसँग सल्लाह लिनु पर्छ ।

बुवा बनेका पुरुषलाई पनि पहिले जस्तै गरि यौ’नसम्प’र्क राख्न केही असहज अनुभव हुन्छ । अझ जुन पुरुषले डेलिभरीको क्रममा अस्पतालको लेबर रुममा सहभागि भएका हुन्छन्, र त्यसक्रममा आफ्नी जीवनसाथीको पी’डा नजिकबाट नियालेका हुन्छन्, त्यस्ता पुरुषलाई यौ’नस’म्पर्क राख्न कठिन हुन्छ । कतिपय स्थितिमा पुरुष आफु पिता बनेकोमा उत्साहित हुन्छन् भने कति हुँदैनन् पनि ।

यदि तपाईको श्रीमान् तपाईंको परिवर्तित रुप देखेर यौ’नबाट टाढा हुन्छन् भने तपाईंले आफ्नो श्रीमान्लाई आफु पहिले जस्तै जोसिलो र यौ’नको लागि तयार रहेको कुरा स्पष्ट पार्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!