बुधबार, आश्विन ०१, २०७६ || 4474  पटक पढिएको

बिराटनगर, राजबँशी भाषाको गीत सँगीतको क्षेत्रमा स्टारको रुपमा आफ्नो परिचय बनाएका झापा गौरादह जुरोपानीका गायक बलबहादुर राजवंशि द भ्वाइस अफ नेपाल सिजन टु मा गएका छन् । राजबँशिले ब्लाइन्ड अडिसन पार गरेर सबैतिर चर्चा बटुलिरहेका छन् । हिमालय टेलिभिजनमा प्रसारण भैरहेको द भ्वइस अफ नेपाल अन्तराष्ट्रिय सांगीतिक मापदण्डमा आधारीत प्रतियोगितात्मक सांगीतिक रियालिटी शो हो ।

द भ्वाइस अफ नेपाल को १० औ एपिसोडमा राजवंशीले आफ्नो दमदार प्रस्ततिका कारण छनोट भएका हुन। उनको आवाज सुनेर कोच प्रमोदले पहिले बर्ज गरेका हुन भने पछि कोच दीपले समेत बर्ज गरेका थिए। कोच प्रमोदले आफूतिर आकर्शित गर्दै बलबहादुरलाई हिति आश भन्दै राजबँशी भाषामा नै बोलाएका थिए। बलबहादुर पनि कोच प्रमोद जस्तै हुबहु कपाल देखि लिएर कपडा समेत लगाएका थिए त्यो सबैकोलागी एउटा आकर्षणको रुपमा रहेको थियो । बलबहादुर अन्तत कोच प्रमोदलाई नै रोजे।
बलबहादुरले कोच दीप श्रेष्ठको हौ यात्री बोलको गीत गाएका थिए ।

राजबँशी भाषाको गीतहरुमा स्टारको रुपमा आफ्नो परिचय बनाएका उनको धेरै फ्यानहरु छन् । उनी अडिसनमा छनोट भएसगै उनलाई सामाजिक सँजालमा बधाईको ओईरो नै लागेको छ। बलबहादुरका शुभ चिन्तकहरुले निकै नै आशा गरेका छन् ।
बिषेशगरी गौरादह, गौरीगंज , दमक,बिराटनगर लगायका क्षेत्रबाट वैदेशीक रोजगारीमा गएका समकालीन साथीहरुको सामाजिक संजालमार्फत बधाइ तथा सुभकामनाको ओइरो नै लागेको छ । संगसंगै आफना नातेदार , साथीभाइ , अग्रजहरुले सामाजिक संजाल मार्फत बधाइ तथा सुभकामना ब्यक्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!