शल्यक्रियाका बेला धेरै मानिसहरु बेहोस हुन्छन् । तर एक महिलाले आफ्नो दिमागको शल्यक्रियाका क्रममा पारम्परिक इटालियन ओलिभ पकौडा बनाएकी छिन् । ११ जना स्वास्थ्यकर्मीको संलग्नतामा साढे दुई घण्टा चलेको शल्यक्रियामा महिलाले ९० वटा पकौडा बनाइन् । इटीलीमा यी पकौडालाई एपरिटिफ्स भनिन्छ । इटलीको एंकोनामा ६० वर्षकी एक महिलालाई मस्तिष्कसम्बन्धि रोग लागेको थियो । डाक्टरले उनको शल्यक्रिया गर्नुपर्ने बताए । तर शर्त एउटा थियो कि शल्यक्रिया गर्दा महिला सुत्नु हुँदैन । डेली मेलका अनुसार मध्य इटलीमा अवस्थित अजिन्डा ओसपेडाली रियुनिटी अस्पतालका न्यूरोसर्जरी डिपार्टमेन्टका डा. रोबर्टो ट्रिगनानीले उक्त शल्यक्रिया गरेका हुन् । डाक्टरले शल्यक्रिया गर्दा जागा हुने बताएपछि महिलाले आफ्नै तरिकाले जागा हुने इच्छा व्यक्त गरिन् । यस्ता शल्यक्रियामा बिरामी प्यारालाइसिस हुने वा अट्याक आउने भएकाले बिरामीलाई सकेसम्म जागा नै राख्ने गरिन्छ । अपरेशन थिएटरमा बिरामीको बेडमा एउटा ठूलो टेबलमा राखियो । पकौडा बनाउने सबै सामग्री पनि राखियो । यता शल्यक्रिया चलिरहेको थियो र उता महिलाले पकौडा बनाइरहिन् । यसअघि नेपालमा पनि ५६ वर्षीया खड्गबहादुर बुढाको मस्तिष्कको शल्यक्रिया गरिराख्दा उनले मादल बजाएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!