शुक्रबार, आषाढ २६, २०७७ || 993  पटक पढिएको

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ पुल्चोक बजारमा सेती नदी पसेको छ । लगातारको वर्षाले सेती नदी उर्लिएर बढेको छ । सेती र सुरौंदी खोलासमेत पुल्चोक बजारमा पसेपछि ४२ घर डुबानमा परेका छन् । वडा नम्बर ४ का २८ घर र वडा नम्बर ८ का १४ घरमा डुबानमा परेपछि १ सय ५० जनाभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ । ‘सेती नदी बसेर बस्तीभित्रै छिरेपछि त्यहाँका वासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । केही चौपायालाई बगाएको पनि छ । क्षतिको विवरण संकलन गर्दै छौं,’ वडा नम्बबर ८ का अध्यक्ष कृष्णप्रसाद रेग्मीले भने, ‘स्थानीयलाई सामुदायिक भवनमा खाने, बस्ने प्रबन्ध मिलाएका छौं ।’ सेती र सुरौंदी खोलाले थप क्षति पुर्‍याउन सक्ने क्षेत्रका वासिन्दालाई पनि सुरक्षित रहन आग्रह गरिएको वडाध्यक्ष रेग्मीले बताए । नेपाली सेना र प्रहरीसँगै जनप्रतिनिधि पनि डुबानमा परेको क्षेत्रमा खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!