हिपमत डटकम
काठमाडौं,पुस-२३:अफगानिस्तानको पश्चिमी प्रान्त घोरमा अफगान सैनिकसमक्ष ६९ जना तालिबान लडाकुले आत्मसमर्पण गरेका प्रान्तीय सरकारले जानकारी दिएको छ। अफगानिस्तान नेशनल आर्मी एएनएले गत एक साताको अवधिमा लडाकुविरुद्ध कारबाही शुरु गरेको थियो।सोही कारबाहीका क्रममा यसै हप्ता करिब ३ सय तालिबान लडाकुले आत्मसमर्पण गरेका थिए। सोमबार साँझ मात्र ६९ तालिवान लडाकुले शाहरक जिल्लामा सेनासमक्ष आत्मसमर्पण गरेका गभर्नर गुलाम नासिर खाजेले एजेन्सीलाई बताएका छन् ।आत्मसमर्पण गर्ने क्रममा तालिबान लडाकुले सेनासमक्ष विभिन्न हातहतियार पनि हस्तान्तरण गरेको् अधिकारीले जनाएका छन्। अमेरिकी प्रयासमा तालिबान र सरकाबिच विभिन्न चरणमा भएका शान्तिवार्ता सफल हुन सकेका छैनन् ।अन्नपूर्ण पोस्ट्बाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!