अभिनेत्री कंगना रनौत बलिउडकी यस्ती स्टार हुन् जो खुलेर नराम्रो कुराको विरोध गर्ने गर्छिन् । उनी पछिल्लो समय नेपोटिज्मको विषयलाई लिएर खुलेर बाहिर आएकी छिन् । कंगनाले भाईभतिजाबादको विषयलाई जोडेर चर्चित निर्देशक तथा फिल्म निर्माताको विषयमा खुलेर बोल्न थालेकी छिन् । यसैबीच, कंगनाले फिल्म निर्माता महेश भट्ट र उनकी छोरी पूजा भट्टले कंगनाको विषयमा प्रतिक्रिया दिएका छन् । बुधबार बिहान पूजा भट्टले ट्विट गरेर सन् २००६ मा भट्ट परिवारले आफ्नो प्रोडक्शनमा बनेको फिल्म ‘ग्याङस्टार’ मा कंगनालाई लन्ज गरेको बताएकी थिइन् । उक्त ट्विटको कंगनाको टीमले आफ्नो जवाफ दिएको छ भने भट्ट परिवारमाथि आरोप पनि लगाएको छ ।

कंगनाको टीमले बुधबार लेखेका छन्, ‘प्रिय पूजा, अनुराग बसु (ग्याङस्टारका निर्देशक) मा कंगनाको प्रतिभा देख्न चाहान्थे । हर कोहिलाई थाहा छ मुकेश भट्ट (फिल्म निर्माता महेश भट्टका भाइ) कलाकारलाई पैसा दिएर मन पराउँदैनन् । थुप्रै स्टुडियोहरु प्रतिभाशाली कलाकारलाई निशुल्क काम गराउन मन पराउँछन् । तर यसको मतलब यो होइन कि तिम्रो पिताले कंगनामाथि चप्पल प्रहार गर्ने, पागल भन्ने र अपमानित गर्ने लाइसेन्स पाएका होइनन् ।’ ट्विटरमा कंगनाको टीमले कंगनाको दुखत अन्त हुने समेत बताएका उल्लेख गरेको छ । यसका साथै, सुशान्त सिंह राजपूत र रियाको सम्बन्धको विषयमा महेश भट्टलाई दिलचस्पी किन थियो ? उनले सुशान्तको अन्तको पनि घोषणा किन गरेका थिए ? यस्ता प्रश्नहरु पनि आफ्ना पितालाई सोध्न कंगनाको टीमले पूजालाई आग्रह गरेको छ ।एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!