भारतमा १३ लाख सैनिकलाई फेसबुक र इन्स्टाग्राम एकाउन्ट बन्द गर्न निर्देशन दिइएको छ । जुलाई १५ सम्म सबै सैनिकले आफ्नो फेसबुक एकाउन्ट बन्द गरिसक्नुपर्नेछ । नगरेमा कारबाही गर्ने सुचना जारी गरिएको छ ।

टाइम्स अफ इन्डियाका अनुसार सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी यस्तो निर्देशन जारी गरिएको उल्लेख छ । संवेदनशील तथ्यांकहरु चोरी हुने खतराका कारण यस्तो कदम चालिएको जनाइएको छ ।

भारतले ५९ वटा एप्स बन्द गरिसकेको छ । जसमा टिकटक पनि छ । भारतीय सेनाले अफिसियल कामकाजमा पनि फेसबुक एकाउन्ट चलाउन बन्द गरिसकेको छ । टाइम्स अफ इन्डियाले एकजना सैनिक अधिकृतको भनाई उदृत गर्दै चीन र पाकिस्तानी खुफिया एजेन्सीबाट

भारतीय सैनिक अनलाइनमा पनि तारोमा परिरहेको भनेको छ । सन् २०१८ मा एकजना भारतीय सैनिक पाकिस्तानी एजेन्ट महिला बनेर हनी ट्रयापमा परेको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!