प्रहरी नै प्रहरीको सुराकी ! कानपुर ग्याङस्टार बिकास दुवेको सुराकी बनेका तीन प्रहरी आज गिरफ्तार भएका छन् ।

डिएसपीसहित आठ प्रहरीलाई गुरिल्ला शैलीमा हत्या गरेपछि भएको अनुसन्धानका क्रममा तीन प्रहरी दुबेको सुराकी पत्ता लागेको टाइम्स अफ इन्डियाले जनाएको छ । सुराकी भएकामा चाउबेपुर स्टेशनका विनय तिवारीसहित दुई प्रहरी छन् ।

यसैगरी, ग्याङस्टार विकास दुबेका सहयोगीहरु धमाधम मारिने क्रम चलेको छ । इन्डियन एक्सप्रेसका अनुसार खोजीका क्रममा विकासका सहयोगी अमर दुबे इन्काउन्टरमा मारिएका छन् । उत्तर प्रदेशको विशेष टास्क फोर्सले विहानै दुबेका सहयोगीको इन्काउन्टरमा मारिदिएका हुन् । मृत्यु भएका अमर ३५ वर्षीय हुन् । उनको टाउकाको मुल्य भारु २५ हजार तोकिएको थियो ।

कानपुर प्रहरीले विजयका सहयोगी श्यामु बाजपेयीलाई भने खुट्टामा गोली हानेर पक्राउ गरेको छ । गोली हानाहानका क्रममा उनलाई पक्राउ गरेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!