विश्वको पहिलो स्याट्लाइटको रुपमा लूना २ प्रोब सोभियत स्पेसक्राफ्ट थियो । यसको निर्माण सन् १९५९ मा भएको थियो । लूना २ प्रोब सोभियत स्पेसक्राफ्ट चन्द्रमाको सतहमा पुग्ने पहिलो स्पेसक्राफ्टको रुपमा चिनिने गर्दछ । तर, चन्द्रमाको दौड पुनः एक पटक विश्वको ध्यान कन्द्रित गरेको छ । शक्तिशाली राष्ट्रहरु चन्द्रमाको सतह सम्म पुग्न निरन्तर काम गरिरहेका छन् । प्रत्येक वर्ष विज्ञान र स्पेसको नाममा ठूला देशहरुले आर्थिक योजना संसदबाट पास गर्ने गर्दछ । लूना २ संगै अमेरिकाद्वारा निर्मित एपोलो समेत चन्द्रमा पुगेको दाबी गर्दै आएको छ ।

लुना २ को सुरुवाती दौडः सन् १९५७ को अक्टोबर महिनामा सोभियत संंघले लूना २ (स्पुटनिक १)लाई पृथ्वीबाट चन्द्रमाको परिक्रममाका लागी प्रस्थान गराएको थियो । यो पहिलो आर्टिफिसल वा मानवले निर्माण गरेको पहिलो स्याटलाइट थियो । एक वर्ष पछि सोभियत र अ‍ेमरिकाले चन्द्रमा जाने गन्तव्य तय गरेको थियो ।

दुवै देशको पहिलो अन्तरीक्ष उडान सफल बनाउने सर्गेई कोरोलिभ नामक एक व्यक्ति थिए । दूवै देशको पहिलो उडान विफल भयो । सन् १९५९ मा पुनः सोभियतले लुना १ लाई चन्द्र मिशनका लागी तयार गर्यो । तर, गणितीय हिसाबको खराबीले चन्द्र सतह जानु पर्ने ठाँउमा लुना १ सूर्यको सतहका नजिक पुगेको थियो । पुनः सोभियतले लुना २ लाई तयार पार्यो । तर, तीन पटकसम्म पनि उडान सफल भएन । सम्पूर्ण समस्यालाई मिलाउन क्रम भने जारी नै रह्यो । सन् १९५९ को सेप्टेम्बर १२ मा भोस्टोक एल रकेटले लूना २ लाई बोकेर बाइकोनुर कोस्मोट्रोमबाट उडान भर्यो । विभिन्न प्रयास पश्चात सेप्टेम्बर १४ १९५९ मा लुना २ पहिलो मानवद्वारा निर्मित स्याट्लाईट चन्द्र पुग्न सफल भयो । लुना २ को तौल करिब ३९० केजी थियो ।

पृथ्वी देखि चन्द्रमा सम्मको लुना २ को यात्रा ३८ घण्टा २१ मिनेट २१ सेकेण्डको थियो । चन्द्रको सतहमा अवतरण गरेको ३० मिनेट पछि लूना २ रडारबाट गायब भयो र स्वतश ध्वस्त भयो । जसलाई लूनार म्यापको आधारमा भनिएको थियो । त्यस समयमा सोभियतमा गृह युद्व चलिरहेको थियो । उक्त समयमा वैज्ञानिकहरुले चन्द्रमा पुग्ने सोभियत पहिलो देश भएकोे प्रचार गर्न उपयुक्त ठानेनन् । कतिपय वैज्ञानिहरुले लूना २ को उडान एटोमिक बमको मद्दतले भएको भन्ने गर्दछन् जो अवतरणका साथ गतीको कारण ध्वस्त हुन पुग्यो । तर, विश्वले उक्त विषयलका बारेमा वैज्ञानिकका कारण थाहाँ पाएका थिए ।

नासालाई समेत सफलता पूर्वक उडान भरेको विषयमा जानकारी गरायो । नासाले समेत सोभियतको उडानलाई पुष्टि गरेको थियो । अवतरण पश्चातको ३० मिनेटमा तस्बीरको अध्ययन अनुसार चन्द्र सतहका थूप्रै तत्वहरु पत्ता लगाएका थिए । मिशनपछि सोभियत संघका नेताको अमेरिकी भ्रमण भएको थियो । भ्रमणको दौरान अमेरिकी तत्कानलीन राष्ट्रपतिले मिशनको बधाई दिदैँ वैज्ञानिहरुको कामलाई अद्वितीय बताएका थिए । सोभियतको लुना १, लुना २ र लुना ३ को उडान पश्चात अमेरिकाले समेत चन्द्र सतहमा पुग्ने प्रतिबद्वता व्यक्त गरेको थियो । सन् १९६१ मा अमेरिकी राष्ट्रपति जन एफ केनेडीले चन्द्र मिशनमा मानिस पठाउने बताएका थिए र अमेरिकाले चन्द्रमामा मानिस पहिलो देश हुनु आवश्यक रहेको ठहर गरे ।

अमेरिकाले सोही समयमा लूनार प्रोग्रामको सुरुवात गर्यो । अ‍ेमरिका उक्त कार्यक्रमको घोषणा गरेपनि पुनः सोभियतले फेब्रुअरी ३ १९६६ मा लूना ९ लाई चन्द्र सतहमा पठायो । अप्रिल महिनामा लूना ९ चन्द्र सतहमा सफलता पूर्वक अवतरण गर्यो । केहीदिन पश्चात सफलता पूर्वक लूना ९ पृथ्वी फर्कियो । एपोलो १ को प्रारम्भीक चरण मै मानवसहित स्याटलाईट जलेको थियो । त्यसपिछको एपोलो ८ को मानव सहितको उडानलाई सोभियतले समय पूर्व रहेको संज्ञा दियो । तर उक्त मिहन सफल रहेको अमेरिकाले दाबी गरयो ।

फ्रान्क बोरम्यान, जीम लाभेल र बील एन्द्रे पहिलो मानव जो चन्द्रको परिक्रमा गर्न सफल भएको बताइयो । एपोलो ८ को सफलता पूर्वक उडान पछि अमेरिकाले २१ जुलाई सन् १९६९ मा निल आर्मस्ट्रोङ चन्द्रमाका सतहमा प्रवेश गरेको जनाइयो । अमेरिकाले त्यस पश्चात आफू मानव सहित चन्द्रमा पुगेको दाबी गर्यो । पुनः अमेरिकाले १९७२ मा उडान भर्यो । तर उक्त यात्रामा क्षती पुगेको थियो । त्यसपिछि जापानले सन् १९९० मा हाइटेन प्रोबलाई चन्द्रमा पठायो । क्रम भने जारी रह्यो । सन् २००० मा चीन र भारत समेत चन्द्रमालाई आफ्नो गन्तव्य बनायो ।

चन्द्र यात्राको प्रतिष्पर्धाले निरन्तरता पायो । अब भने रुस चन्द्रमाको दक्षिण सतह पुग्ने प्रतिवद्वता जाहेर गरेको छ । उक्त क्षेत्रमा पानी फ्रिज हुने गर्दछ । उक्त क्षेत्रमा पुग्न रुसी लूना २५ लाई तयार गरिरहेको छ । सन् २०२२ देखि २०२४ को बीचमा उडने प्रवल सम्भावना देखिएको छ । उक्त क्षेत्रमा जान रुसी, जर्मनी, इटली, फ्रान्स, नासा लगायतको सहायता रहेको छ । चन्द्रमा जाने रुस निरन्तर शताब्दीऔँ देखि लागिरहेको छ । अमेरिकाले दाबी गर्दै आएपनि रुस भने उक्त मिशनमा निकै अग्रसर रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!