मंगलबार, आषाढ २३, २०७७ || 772  पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओली सत्ता नछाड्ने, उनका विरोधी हटाइछाड्ने । दुवै टसमस भएका छैनन् । तैपनि एकजुट भएका सचिवालयका छ सदस्यको एकता टुटेको छैन । ओलीले लाख प्रयास गर्दा पनि उनीहरुको एकता नटुटेको हो । पार्टी फट्नबाट जोगाउन पटक पटक स्थायी कमिटी बैठक स्थगित गरी सहमतिको प्रयास भएको छ । आज पनि ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गम्भीर वार्ता गरे । तर, सहमतिको बिन्दु निस्किएन । ओलीले विरोधी फुटाउन प्रचण्ड, माधव नेपाल र बामदेव गौतमलाई विभिन्न प्रस्ताव राखे । तर, उनीहरु आकर्षित भएनन् । सत्ता छाड्नुपर्ने अडानमा रहिरहे । ओली गल्न मानेका छैनन् । अडान कसेर बसेका छन् । विरोधीको पेलान बढेको छ ।

पछिल्लो समय चिनियाँ राजदुत होउ यान्छीको दौडधुप चलेको छ । उनले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाललाई निवासमै पुगेर भेटेकी छिन् । यान्छीले नेकपालाई फुट्न नदिन सुझाव दिएको बुझिएको छ । उनले ओलीको सत्ता टिकाउन भुमिका खेलेको चर्चा छ । विगतमा पनि ओली संकटमा पर्दा यान्छी सक्रिय भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!