मंगलबार, आषाढ २३, २०७७ || 641  पटक पढिएको

अमेरिकाले टिकटकसहित चिनियाँ एपहरुलाई प्रतिबन्ध गर्नेबारे सोचिरहेको सेक्रेटरी अफ स्टेट माइक पम्पेओले बताएका छन् । फक्स न्यूजमा लाउरा इंग्राहमसँगको अन्तरवार्तामा पोम्पेओले यसबारे गम्भीररुपमा विचार गरिरहेको बताएका हुन् ।

पोम्पेओलाई इंग्राहमले अमेरिकाले टिकटकजस्ता चिनियाँ सामाजिक सञ्जाल एपहरु प्रतिबन्धबारे के सोचिरहेको भनेर प्रश्न गरेकी थिइन् । जवाफमा पोम्पेओले भने, ‘जनताको मोबाइलमा चिनियाँ एपको बारेमा अमेरिकाले सही निर्णय लिनेछ । यसबारेमा हामीले सोचिरहेका छौँ ।’ उनले आफ्नो निजी जानकारी चिनियाँ कम्युनिस्ट पार्टीको हातमा पुगोस् भन्ने चाहनेहरुले मात्र त्यस्तो एप डाउनलोड गर्न सुझाव दिए ।

यस विषयमा टिकटकले कुनै पनि प्रतिक्रिया दिएको छैन । टिकटकलाई बेइजिङको बाइटडान्स नामक कम्पनी सञ्चालन गरिरहेको छ । यस एपमाथि अमेरिका नेताहरुले चिनियाँ गुप्तचरको निर्देशनमा काम गरिरहेको आरोप लगाउँदै आएका छन् । टिकटकले यसअघि बाइटडान्सभन्दा अलग रहेर काम गरिएको र यसको डाटा सर्भर चीनबाहिर रहेको चिनियाँ कानुन अन्तरगत नपर्ने स्पष्ट पारेको थियो । टिकटकका अनुसार यसको सर्भर अमेरिका र सिंगापुरमा रहेको छ ।

टिकठक अमेरिका र पश्चिममा देशहरुमा निकै लोकप्रिय रहेको छ । यो वर्षको पहिलो तीन महिनामा मात्र ३१.५ करोड पटक यो एप डाउनलोड भएको थियो । हालै मात्र भारतमा यो एपमाथि प्रतिबन्ध लगाइएको थियो ।

स्रोतः सीएनएन

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!