लकडाउन अवधिको घरभाडा छुटको पहल थालिएको छ । राष्ट्रिय ब्यापार महासंघले उपत्यकाका स्थानीय तहलाई ज्ञापनपत्र बुझाएर यो अवधिको घरभाडा छुट दिने व्यवस्था गर्न पहल थालेको हो । महासंघले सोमबार भक्तपुर नगरपालिकालाई त्यस्तो ज्ञापनपत्र बुझाएको छ । महासंघले घरभाडा छुटको सम्बन्धमा पहल गर्न बनाएको उपसमितिका संयोजक मनोजबाबु श्रेष्ठले भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिलाई भक्तपुर नगरपालिका क्षेत्रमा रहेका व्यवसायलाई लकडाउन अवधिको घरभाडा मिनाह गर्ने व्यवस्था गरिदिन अनुरोध गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्र बुझ्दै मेयर प्रजापतिले आफ्नो क्षेत्रभित्र व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरुको हितमा नगरपालिकाले काम गर्ने भन्दै महासंघको ज्ञापनपत्रलाई निकै सकारात्मकरुपमा लिएको संयोजक श्रेष्ठले बताए । उपसमितिले ललितपुर महानगरपालिका तथा काठमाडौं महानगरपालिकालाई पनि यस्तो छुट दिन माग गर्दै ज्ञापनपत्र बुझाउने तयारी गरेको छ । त्यस्तै, लकडाउन अवधिलाई शुन्य अवधि मानेर ऋणको ब्याज छुट गराउन भन्दै महासंघले मंगलबार नेपाल राष्ट्र बैंंकका गभर्नर महाप्रसाद अधिकारीलाई मसेत ज्ञापनपत्र बुझाउने तयारी गरेको श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!