सोमबार, आषाढ २२, २०७७ || 1114  पटक पढिएको

बाझ्दै, थकाइ मार्दै, रोकिदै आएको नेकपाको स्थायी समिति बैठक फेरि २४ गतेसम्मको लागि स्थगित गरिएको छ ।

सूत्रका अनुसार दुबै पक्षको समझदारीमा आज बस्ने भनिएको समितिको बैठक बुधबारलाई सारिएको हो । नेकपाभित्रको अन्तरबिरोध चर्किंदै जाँदा दुबै पक्ष आ-आफ्नै खाले डरको मनोविज्ञानमा अल्झेका देखिन्छन् । प्रधानमन्त्रीलाई विशेष अधिवेशन र केन्द्रीय समितिको सम्भावित बैठकको डर छ भने अर्को पक्षलाई अध्यादेशको । केन्द्रीय समितिको बैठक आह्वानको लागि हस्ताक्षरसमेत शुरु भइसकेको बताइएको छ ।

हिजो पत्नी सीता दाहालको जन्मोत्सवका कारण परिवारलाई समय दिनुपरेकोले प्रभाकर र अनन्तलाई प्रधानमन्त्री पक्षसङ्ग सरसल्लाह गर्ने जिम्मेवारी दिएर अध्यक्ष प्रचण्ड घरतिर लाग्नुभएको थियो तर त्यही अवसरको दुरुपयोग गरी दुई पक्षवीच प्राविधिक पाँच बुँदे सहमति भएको हल्ला राती बेस्कन चलाइयो !

छलफलमा सहभागी सदस्य जनार्दन शर्मा प्रभाकर भन्नुहुन्छ-न वार्ताको निम्ति कार्यदल बनेको हो,न कुनै सहमति नै भएको हो,आफ्नो फाइदाका लागि यिनले प्रोपोगन्डा मच्चाउदा रहेछन्,त्यसैले न अब यिनीहरुसङ्ग त्यसरी बसिन्छ,न काइते सहमति नै गरिन्छ !

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!