आइतबार, आषाढ २१, २०७७ || 939  पटक पढिएको

नेकपा विभाजनको संघारमा रहेका बेला प्रधानमन्त्री ओली निकै नै सक्रिय बनेका छन् । उनले हिजो साँझ करिब १ घण्टा राष्टट्रपति विद्यादेवि भण्डारीसँग परामर्श गरे, लगत्तै मन्त्रीहरुसँग छलफल गरे ।

छलफलका क्रममा ओलीले पार्टी विभाजको अन्तिम संकेत देखाएका छन् । स्रोतका अनुसार ओलीलेृट बोलाएको बैठकमा मन्त्रीहरुसँग कतातर्फ जाने हो निर्णय गर्नुस समेत भनिसकेका छन् ।

बालुवाटार छफलका क्रममा बोल्दै ओलीले, ‘म बाइ स्टेप, बाइ फोर्स कदम चाल्दै छु, तपाईहरु कता लाग्ने हो निर्धारण गर्नुस्, हुल्लडहरुको समुह स्थायी कमिटीले गरेको निर्णय म मान्दिन। स्थिति एकदम जटिल छ, हरेकले निर्णय गर्नुपर्ने बेला आएको छ।’ भनेको स्रोतले जनाएको छ ।

यस वाहेक समसामयिक परिस्थीतिका बारेमा मन्त्रिमण्डलका सदस्यहरुलाई जानकारी गराउन बैठक बसेको जनाइएको छ ।

बैठकमा राष्ट्रपति र आफूविरुद्ध षडयन्त्रहरू भइरहेको प्रधानमन्त्रीले बताएका छन् । यस्तो बेलामा आफूले मन्त्रीहरूलाई तपाई‌ंहरू कुन कित्तामा भनेर प्रश्न गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनीसमेत दिएका हुन् । सबैजसाे मन्त्रीहरू सहभागी भएपनि याे बैठकलाइ अाैपचारिक छलफल मात्रै भनिएकाे छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!