खबर ठुलो छ

हिपमत डटकम
ओखलढुङगा, पौष २२ गते ।
ओखलढुङगाको सुनकोशी गाउँपालिका-३ स्थित सिस्नेरीमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । सोमबार राती साढे १० बजेको समयमा बा ६५ प ७४७३ नम्बरको मोटरसाईकलमा भञ्ज्याङबाट सुनकोशी बल्खु तर्फ जाने क्रममा स्थानीय ४५ बर्षिय शेरबहादुर मगरको मृत्यु भएको हो । मोटरसाईकल अनियन्त्रित भई बाटोबाट अंदाजी ३०० मिटर तल खसेर दुर्घटना हुदा उनको घटनास्थलमै मृत्यु भएको हो । घटनाबारेमा जनाकारी पाउनासाथ प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरीको टोलीले घटनास्थल सुरक्षित राखेको थियो भने थप अनुसन्धान तथा कानूनी प्रक्रियाको लागी जिल्ला प्रहरी कार्यालय ओखलढुङगाबाट प्रहरीको टोली खटिएको थियो ।

मंगलबार, पौष २२, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया