शनिबार, आषाढ २०, २०७७ || 1145  पटक पढिएको

माेरङ काे सुुनवर्सि नगरपालिका ६ स्थित कादुपाडा चाेक का सुभाष पासवान पैसा अभाव का कारण ले उपचार गराउन सकेका छैनन । चैत्र महिना केहि दिन सामान्य ज्वराे अाएपछि गाउँ घर तिरै दवाई गरेता पछि उनी निकाे समेत भए तर केही दिन पछि उनकाे दाहिने छातिमा सानाे घाउँ भएको कारण ले अहिले उक्त घाउ टुईमर देखा परेको छ । अामा कलाशी देवि पासवान र बुबा झरिलाल पासवान का कान्छा छाेरा शुभाष अहिले उपचारको खाेजिमा अरुकाे घरदैलो मा पुगेर उपचारका लागि उनका बुवा रकम सङ्कलन गरिरहेका छन । घरकाे अार्थिक अभावका कारण उनिहरु लाई छाेरा काे उपचार मा निकै समस्या परेको छ । झरिलाल र कलाशी देवि दैनिकी ज्यालादारी गरी अाफ्नाे तीन छाेरी र दुई छाेरा हरुकाे पालनपोषण गरि रहेता पनि कान्छाे छाेरा बिरामी भए पछि उनिहरु लाई दुई छाक टार्ने समेत हम्मेहम्मे परेको छ । १५ घुर जग्गामा सानाे घर बनाएर बसाेवास गर्दे अाएका परिवारलाई अहिले छाेरा काे उपचार गर्ने पैसा कहाँबाट ल्याउ भनेर चिन्तित अबस्थामा रहेका छन । उनिहरुले चैत्र महिना देखि बिराटनगर स्थित सिटि अस्पतालमा अाफ्नाे छाेराकाे उपचार गर्नेका लागि लगेपछि डाक्टरले छातिमा पिप र गिर्खा रहेको भन्दै उनी हरुलाई प्रत्येक दुई सातामा उक्त घाउ सफा गर्ने बाेलाउने गरेता पनि पछिल्लो समयमा डाक्टरले अब यहाँ उपचार हुन नसक्ने भन्दै काठमाडौं मा रहेको कान्ति बाल अस्पतालमा लैजानु भन्दै रिफर गरे उनले सिटि अस्पतालमा डेर लाख रुपैयाँ सम्म रकम खर्च गराएता पनि सबै पैसा सकिएपछि अब अन्यत्र लगेपछि तीन देखि चार लाख रुपैयाँ सम्म उपचारमा खर्च हुने भने पछि अाफुलाई निकै समस्या परेको बुबा झरिलाल ले बताए । उनले छाेराकाे उपचार का लागि १५ घुर जग्गा रहेकाे घर समेत एक लाख रुपैयाँ मा धिताे पास गरेर लिएको रकम समेत सबै सकियाे । अहिले झरिलाल गाउँ घर र नगरपालिका र बडा कार्यलय मा धाएर अाफ्नाे छाेराकाेे उपचारको लागि हारगुहार गरिरहेका छन । गाउँ घरमा दुख परेरे थाहा पाएर सुनवर्सि २ का बडा अध्यक्ष प्रताप तामाङले ५ हजार ५ सय रुपैयाँ रकम समेत दिएकाे झरिलाल ले बताए । अहिले उनलाई चार लाख रुपैयाँ कसरी जाेहाे गर्ने र अाफ्नाे छाेराकाे कसरी उपचार गराउने भन्ने ठुलाे समस्या परेको छ । अहिले पनि उपचार नपाएर धेरै गरिव परिवार भएकै कारणले गर्दा शरिरमा राेग लिएर हिड्न बाध्य रहेका छन यी अबाेध बालक यी बालक काे उपचारका लागि काेहि मनकारी भेटिएला त ?

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!

Fatal error: Uncaught wfWAFStorageFileException: Unable to save temporary file for atomic writing. in /home/hipamatcombirend/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php:34 Stack trace: #0 /home/hipamatcombirend/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php(658): wfWAFStorageFile::atomicFilePutContents() #1 [internal function]: wfWAFStorageFile->saveConfig() #2 {main} thrown in /home/hipamatcombirend/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php on line 34