अमेरिकी नौसेनाले साउथ चाइना सीमा आफ्ना दूई वटा विमानवाहक युद्धक जहाज र थुप्रै युद्वपोतहरु पठाउने भएको छ । उसले सैन्य अभ्यासका लागि साउथ चाइना सीमा युद्धक जहाज र युद्वपोतहरु लग्ने भएको हो ।

युएसएस निमित्ज र युएसएस रोनाल्ड रेगन क्यारियरले फिलिपिन्स सी र साउथ चाइना सीमा क्यारियरको संयुक्त अभ्यास गर्ने जनाइएको छ । नेवीलाई उन्नत परिक्षणको अवसर प्राप्त गराउन र लडाकू कमाण्डरहरुको अभ्यासमा थप बल पुर्याउन उक्त कदम चालिएको जनाइएको छ ।

दुई वटा विमान बाहक कुनै पनि राजनैतिक वा विश्व घटनाका प्रतिक्रियाका रुपमा होइन भन्दै अधिकारीहरुले स्पष्ट पारेका छन् । यद्दपी हिन्द महासागर, प्रशान्त महासागरमा सुरक्षा, स्थिरता र समृद्वीका रुपमा युएस नेवीले बढावा दिने तरिकाहरु मध्ये एक रहेको समेत स्पष्ट पारिएको छ । उक्त क्षेत्रमा चीनले निरन्तर अभ्याहरु गरिरहेको कारण अमेरिका लगायत अन्य मुलुकहरुले असन्तुष्टि जनाइरहेका छन् । त्यसकारण अमेरिकाले आफ्नो आधुनिक क्यारियरहरुलाई लग्ने विषय वाल स्ट्रिट जर्नलले उल्लेख गरेको छ ।

साउथ चाइना सीको विवादित क्षेत्रमा चीनको अत्यधिक उत्तेजक अभ्यासहरु गैर कानूनी रहेको अमेरिकी विदेश मन्त्रीले आफ्नो ट्वीटमार्फत जनाएका थिए । चीनको अभ्यासले दक्षिण पूर्णी क्षेत्रमा रहेका अन्य मुलुकहरुमाथि दवाव सिर्जना भइरहेको समेत पेन्टागनले बिहिबार सार्वजनिक गरेको थियो । पेरासेल टापूमा चीन लगायत ताइवान र भिएतनामले समेत आफ्नो क्षेत्र भन्दै दाबी गरिरहेको छ । त्यस क्षेत्रमा चीनले आफ्नो सैन्य गतिविधि र अभ्यासहरुलाई तीव्रता दिएकोमा अ‍ेमरिकाको आपत्ती रहेको जनाइएको छ । हालमै उक्त क्षेत्रलाई लिई अ‍ेकरिकाले बेजिङलाई चुनौती दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!