मंगलबार, पौष २२, २०७६ || 1880  पटक पढिएको

हिपमत डटकम
इटहरी, ,पौष २२ गते

इटहरीस्थित सोसियल रिकन्सट्रक्सन फाउन्डेसनले हाँसपोस र मुसरी टोलमा न्यानो कपडा वितरण गरेको छ ।
निःशुल्क स्वास्थ्य शिविरसहित सांस्कृतिक कार्यक्रम गरी मायाघर नेपाललाई सहयोग तथा सरसफाई कार्यक्रम गर्दै आएको फाउन्डेसनले हाँसपोसमै पुगेर वृृद्धवृद्धालाई टोपी, ओड्नेलगायतका न्यानो कपडा वितरण गरिएको फाउन्डेसनका अध्यक्ष राम निरौलाले जानकारी दिए । २५ जनालाई न्यानो कपडा वितरण गरिएको उनको भनाइ छ ।
निरौलाले आगामी दिनमा पनि यसरी नै समाजसेवामा लागि रहने बताए । इटहरीका रहेर समाजसेवामा सक्रिय निरौलाले विभिन्न सामाजिक कार्य गरिरहेका छन् । कार्यक्रममा फाउन्डेसनका उपाध्यक्ष दीपेन्द्र बजगाईं, सचिव रमेश खड्का, रिवाज आचार्य, अशोक धमला, लक्ष्मण दाहाल, सागर काफ्ले, रुविना थापा, अंजिला निरौलालगायतको न्यानो कपडा वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!