शुक्रबार, आषाढ १९, २०७७ || 907  पटक पढिएको

विद्युत् आपूर्ति नियमित नहुँदा ग्रामीण बस्तीमा खानेपानीको अभाव देखिएको छ । स्थानीय बासिन्दा १४ दिनसम्म धारामा पानी नआएपछि कुवाबाट पानी बोकेर ल्याउन बाध्य भएका छन् । रैनादेवी छहरा गाउँपालिकाको ‘एक घर, एक धारा’ जडान गरिएको मुभुङ बस्तीका धारामा पानी नआएपछि खानेपानीको अभाव देखिएको हो । स्थानीय बासिन्दा कमल न्यौपानेले विद्युत् लाइनमा समस्या देखिपछि धारामा पानी आउन छाडेको बताउनुभयो । उहाँले भन्नुभयो, “घरमा जडान गरिएको धारामा पानी नआएपछि कुवाको पानी बोकेर जोहो गर्नुपरेको छ ।” रैनादेवी छहरा– ५ मुझुङस्थित मगाल, मुझुङ खानेपानी तान्नका लागि विस्तार गरिएको विद्युत् लाइनमा समस्या देखिएपछि उपभोक्ताले खानेपानी कुवाबाट बोकेर खानुपर्ने बाध्यता सिर्जना भएको छ । समितिका सहसचिव गणेश रानाले विद्युत् नहुँदा अहिले २०० परिवारले धाराकुवाबाट पानी बोकेर खानुपर्ने बाध्यता सिर्जना भएको बताउनुभयो । रैनादेवी छहराको मङ्गालबाट मुझुङको गोजरकोटेमा लिफ्टमार्फत पानी ट्याङ्कीमा सङ्कलन हुँदै आएको थियो । विद्युत् अभावमा सङ्कलन हुन नसक्दा पानीको अभाव बढ्दो छ । ट्याङ्कीमा पानी सङ्कलन हुन सकेको छैन । एक घर एक धारा जडानपछि सार्वजनिक धाराकुवा संरक्षण गरी प्रयोग गर्न थालिएको रानाले बताउनुभयो । उहाँले भन्नुभयो, “एक घर एक धारा जडानपछि अधिकांशले डोकोमा पानी बोक्नुपर्ने बाध्यता हटेको थियो, वर्षासँगै विद्युत् आपूर्ति अनियमित हुँदा स्थानीय नागरिक सावर्जनिक धाराको खोजीमा जुटेका छौँ ।” विद्युत् नहुँदा घरका धारामा पानी आएको छैन । मूलको पानी खोजेर खानुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । खानेपानीको अभाव देखिएका बस्तीमा लिप्mटमार्फत पानी तानेर उपभोक्तालाई वितरण गरिएको थियो । पछिल्ला वर्ष स्थानीय तहले खानेपानीमा नागरिकको पहुँच विस्तार गरी एक घर एक धारा जडान गरेकामा विद्युत् आपूर्ति नहुँदा खानेपानीको समस्या बढ्दो छ । रिब्दीकोट गाउँपालिकाको बतासे क्षेत्रमा सडकमाथि खसेको पहिराले एक दर्जन बिजुलीका खम्बा ढलेसँगै यहाँ पनि खानेपानी अभाव देखिएको छ । रिब्दीकोट गोदीकी सुना खाम्चाले १० दिनदेखि पानीको अभाव भएको बताउनुभयो । विद्युत् नहुँदा घरका धारामा पानी नआएपछि मूलको पानी खोजेर खानुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । विद्युत् नहुँदा पश्चिम पाल्पा अहिले सञ्चारविहीन बनेको छ । सामुदायिक रेडियो मुक्तिनाथ सञ्चालन हुन सकेको छैन । त्यस क्षेत्रका मानिसलाई मोबाइल चार्ज गर्नसमेत समस्या भएको छ । नेपाल विद्युत् प्राधिकरण पाल्पा वितरण केन्द्रका प्रमुख सुशील पौडेलले आजदेखि नियमितरुपमा विद्युत् आपूर्ति हुने आश्वासन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!