सोमबार, पौष २१, २०७६ || 1100  पटक पढिएको

हिपमत डटकम
सिरहा, २१ पुस गते

एक युवतीमाथि गएराति सामूहिक बलात्कार भएको आरोपमा प्रहरीले सिरहाकै धनगढीमाई नगरपालिका निवासी सुरेशकुमार यादव र गोलबजार नगरपालिका निवासी सन्तोष महतोलाई पक्राउ गरेको छ । १९ वर्षीया ती युवतीलाई मोबाइल चार्ज गर्ने नाममा कोठाभित्र लगेर जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए । घटनापछि सडक पेटीमा आएर पीडित युवती रोएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तत्कालै पुगेका प्रहरीले युवतीलाई उद्धार गरी दुवै जनालाई पक्राउ गरेको प्रहरी निरीक्षक पुरीले बताए । पीडित युवती र दुवै युवकको राति नै स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ । तीन दिन अघि हराएकी सर्लाहीकी पूर्णिमा मोक्तानको शव जंगलमा खाल्डो खनेर गाडिएको अवस्थामा भेटिएको छ । सोमबार उनको शव जंगलमा भेटिएको हो ।पूर्णिमाको खोजी गर्ने क्रममा प्रहरीले शव फेला पारेपछि अनुसन्धान अगाडि बढाएको छ । हत्याको प्रकृति हेरी अनुसन्धानपछि पोस्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले घटना अभियुक्तको खोजी भइरहेको जनाएको छ । हत्याका अभियुक्तबारे अहिले केही भन्न नसकिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!