शुक्रबार, आषाढ १९, २०७७ || 1415  पटक पढिएको

संयुक्त राष्ट्रसङ्घले इजरेलमा कार्यालयको गाडीभित्र यौनिक गतिविधि गरेको आरोपमा आफ्ना दुई कर्मचारीलाई निलम्बन गरेको छ। तेल अभिभस्थित समुद्री तटनजिक एउटा मुख्य सडकमा राष्ट्रसङ्घको चिह्न अङ्कित गाडीभित्र ती दुई जनाको क्रियाकलाप खिचिएको थियो।रातो पहिरनमा रहेकी एक महिला कारको पछिल्लो सीटमा तीमध्ये एक जनासँग यौनिक मुद्रामा बसेको भिडिओमा देखिन्छ। अठार सेकन्ड लामो भिडिओ गत महिना सामाजिक सञ्जालमा व्यापक रूपमा प्रसारित भएपछि राष्ट्रसङ्घले त्यसबारे अनुसन्धान सुरु गरेको छ। राष्ट्रसङ्घीय महासचिवका प्रवक्ता स्टेफन ड्यूजरिकले उक्त भिडिओ फुटेजबाट आफू स्तब्ध भएको बताएका छन् । राष्ट्रसङ्घका अनुसार भिडिओमा देखिएका व्यक्तिहरू इजरेलस्थित राष्ट्रसङ्घीय शान्तिसेनाको मिशन यूएनटीएसओमा कार्यरत भएको टुङ्गो लागेको छ। उनीहरु सैन्य पर्यवेक्षणका लागि खटिएका अन्तर्राष्ट्रिय कर्मचारी हुन्। उनीहरू घटनाबारे अनुसन्धान सम्पन्न नहुँदासम्मका लागि बेतलबी बिदामा बस्नेगरी निलम्बनमा परेका छन्।बीबीसीका अनुसार आफ्ना कर्मचारीहरूद्वारा गरिने अनुचित यौनिक गतिविधिविरुद्ध राष्ट्रसङ्घको कडा नीति रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!