भारतको उत्तर प्रदेशस्थित कानपुरमा अबेर राती केही अपराधीलाई पक्रन गएको प्रहरीको समूहमाथि गोलीबारी हुँदा एक डिएसपीसमेत आठ प्रहरीको मृत्यु भएको छ । प्रहरी अधिकारीका अनुसार थुप्रै प्रहरी घाइतेसमेत भएका छन् । घटनास्थलमा अत्यधिक संख्या प्रहरी बल तैनाथ गरिएको छ । राज्यका प्रहरी महानिर्देशक हितेश चन्द्र अवस्थीले भने, ‘कानपुरको एक अपराधी तथा हिस्ट्रीशीटर विकास दुबेलाई पक्राउ गर्नका लागि प्रहरी चौबेपुर थाना क्षेत्रको दिकरु गाउँ पुगेको थियो । प्रहरीलाई रोक्नका लागि उनीहरुले पहिले नै जेसीबी लगाएर बाटो रोकेका थिए । ’ ‘प्रहरी दल पुग्ने बित्तिकै अपराधीले छतबाट गोलीबारी गर्न सुरु गरे जसमा ८ प्रहरीको निधन भयो । यसमा डिप्युटी एसपी देवेन्द्र मिश्र, तीन सब इन्सपेक्टर र चार कन्स्टेबल छन् । ’ मुठभेदमा कम्तीमा ६ प्रहरी घाइते पनि भएका छन् जसलाई कानपुरको रिजेन्सी अस्पतालमा भर्ना गरिएको छ । एक प्रहरीको स्थिती गम्भीर बताइएको छ । डिजीपी अवस्थीका अनुसार विकास दुबेमाथि ६० वटा मुद्दा दर्ता छन् । केही दिनअघि कानपुरका राहुल तिवारी नामका व्यक्तिले उनीमाथि हत्याका प्रयास मुद्दा दर्ता गरेका थिए । त्यसै सिलसिलामा प्रहरीले विकास दुबेलाई पक्राउ गर्नका लागि उनको गाउँ गएको थियो जहाँ प्रहरीसँग उनको मुठभेड भयो । स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!