बिहिबार, आषाढ १८, २०७७ || 815  पटक पढिएको

टिपरको ठक्‍करबाट घाइते भएका एक सैनिक जवानको मृत्यु भएको छ। गोरखा आबुँखैरेनी सडक खण्डअन्तर्गत १५ किलोमा हिजो टिपरको ठक्करबाट घाईते भएका गोरखा पालुङ्टार–३ का प्रेम परियारको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो।

उनीसँगै घाईते भएका अन्य तीन जनामध्य टाउकोमा गम्भीर चोट लागेका सैनिक जवान ललितपुर बज्रबाराहीका रञ्जित रानाको भरतपुरस्थित पूरानो मेडिकल कलेजमा आईसियुमा उपचार भैरहेको छ। बाँकी दुई घाईते जिल्ला अस्पताल गोरखामा उपचार गरि गणमा फर्किएका छन्। उनीहरु रणसिंह दल गण गोरखामा कार्यरत थिए।

हिजो साँझ गोरखा आबुँखैरेनी सडक खण्डअन्तर्गत १५ किलोमा बा १ झ ५८०० नम्बरको सेनाको गाडीलाई बिपरित दिशाबाट आउँदै गरेको लु १ त ३८४६ नम्बरको टिपले ठक्कर दिएको थियो। चालक र टिपर जिल्ला प्रहरी कार्यालय गोरखाको नियन्त्रणमा छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!