हिपमत डटकम
बिराटनगर,पौष २१ : यही जनवरी ५ तारिख विश्व नेपाली साहित्य महासंघ जापानले नियमित दोश्रो श्रृखंला टोकियो जापानमा सम्पन्न गरेको छ। कवि लोकनाथ अधिकारी र गंगा गगनको विशेष रचना वाचन, सावाको सुसेली प्रवास विमोचन साथै अन्य श्रष्टाहरुका रचना वाचन सहित सम्पन्न भएको कार्यक्रममा संस्थाका अध्यक्ष देवी बहादुर ईङनामको अध्यक्षता, एन आर एन ए जापानका अध्यक्ष देवीलाल भण्डारीको प्रमुख आतिथ्यता र विश्व नेपाली साहित्य महासङ्घका केन्द्रीय सदस्य भुवन रोकाको विशेष आतिथ्यता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथी एन आर एन ए जापानका अध्यक्ष देवीलाल भण्डारीले विश्व नेपाली साहित्य महासङ्घ जापान शाखालाई शुभकामना दिदै आगामी दिनमा साहित्यिक कार्यक्रममा थप सहकार्य गर्ने कुरा ब्यक्त गरेका थिए। विशेष अतिथी भुवन रोकाले जापानमा विशेष श्रष्टाहरुको रचना वाचन कार्यक्रम जापानमा पहिलो पल्ट भव्यताका साथ सफल रहेको जानकारी गराउदै आफ्नो रचना सुनाएका थिए। कार्यक्रमलाई समापन गर्दै संस्थाका अध्यक्ष देवी बहादुर ईङनामले कार्यक्रम सफल बनाउन सहयोग सहकार्य गर्ने सम्पूर्ण संघ सस्थाहरुलाई धन्यबाद दिदै रचना पनि वाचन गरेका थिए।

सुरेन्द्र पोखरेलले अंग्रेजी भाषामा कविता र विजय स्याङ्बोले जापानी भाषामा गजल वाचन गरेको कार्यक्रममा श्रष्टाहरु शिवराज राई, विमन किराती, शुक्र राई, शंकर हरी खालिङ, सयपत्री थुलुङ, निशान राई, रविन्द्र दिखुक्पाले आफ्ना रचनाहरु प्रस्तुत गरेका थिए। चन्द्र कुमार जबेगु र देवेन्द्र लावतीको सांगीतिक प्रस्तुतिले बेग्लै रौनकता थपेको थियो। पदम सिंह ठगुन्नाले शुभकामना सन्देश सहित रचना प्रस्तुत गरेका थिए। पत्रकार प्रेमिला गौचनले विश्व नेपाली साहित्य महासङ्घ जापान शाखालाई शुभकामना दिदै आगामी दिनमा सहकार्य गर्ने कुरा ब्यक्त गरेको कार्यक्रममा संस्थाका सदस्य शंकरहरी खालिङले स्वागत शुभकामना मन्तब्य साथै संस्थाका महासचिव रविन्द्र दिखुक्पा र सचिव विमन किरातीले संयुक्त रूपमा संचालन गरेका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!