बिहिबार, आषाढ १८, २०७७ || 648  पटक पढिएको

मनोज बाजपेयीले बलिउडमा लामो यात्रा निश्चित गरिसकेका छन् । थुप्रै फिल्ममा आफ्नो उत्कृष्ट अभिनयले उनले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् । हालै उनले आफूले कुनै बेला आत्महत्या गर्नेबारे सोचेको खुलासा गरेका छन् ।

९ वर्षदेखि नै बन्न चाहन्थे नायकः

एक नयाँ अन्तरवार्तामा मनोज बाजपेयीले उनी ९ वर्षको उमेरदेखि नै नायक बन्न चाहेको बताए । यद्यपि, आफूले सोचेको जस्तो नभएको र उनले आफ्नो पढाई जारी राखे । त्यसपछि उच्च शिक्षाका लागि उनी दिल्ली आए । त्यहाँ उनले थिएटर सुरु गरे । उनी पढाई सँगै थिएटर पनि गर्न थाले । त्यसको केही समयपछि उनले नेशनल स्कूल अफ ड्रामाका लागि आवेदन दिए । यद्यपि, उनलाई तीनपटक रिजेक्ट गरियो ।

साथीहरुले एक्लै छोड्दैनथेः

मनोजका अनुसार उनी आत्महत्याको निकै नजिक पुगिसकेका थिए । उनका अनुसार साथीहरुलाई यस्तो भान भएपछि उनीहरु मनोजसँगै सुत्न थाले र उनलाई कहिले पनि एक्लै छोडेनन् । मनोजले दिएको जानकारी अनुसार जब उनी मुम्बई आएका थिए तब अडिशनको क्रममा सह–निर्देशकले उनको तस्बिर च्यातिदिएका थिए र हातमा आइसकेको तीनवटा प्रोजेक्ट पनि फुस्किएको थियो । मनोजले आफू आइडियल हिरोको फेसमा फिट नहुने तसर्थ ठूलो पर्दामा कहिले पनि काम गर्न नपाउने सोच्ने गरेको बताए ।

कामको कुरा गर्ने हो भने मनोज बाजपेयीलाई पछिल्लो पटक अभिषेक चौबेको फिल्म सोनचिडियामा सुशान्त सिंह राजपूतसँग देखिएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!