मंगलबार, आषाढ १६, २०७७ || 579  पटक पढिएको

सलहले ठाउँ परिवर्तन गरिरहेका हुनाले जोखिमलाई मध्यनजर गर्दै कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तीनदिनको मौसमको पूर्वानुमान पूर्व र दक्षिणतर्फ हावाको बहाव हुने भएकाले सलहप्रति सचेत रहन आग्रह गरिएको हो । सलहको झुण्ड हावाको वहावसँगै स्थानान्तरण गर्ने भएकाले मध्य र पश्चिम नेपालका तराई तथा अन्य जिल्लाहरुमा स्थानान्तरण गर्ने जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको कृषि मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।
आज पनि देशभरी पूर्वी र दक्षिण पूर्वी वायुको प्रभाव रहने सम्भावना छ । र, केही स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । यस्तै अवस्था बिहीवारसम्म रहने भएकाले सतर्क रहन सर्वसाधारणलाई केन्द्रले आग्रह गरेको छ । शनिवार भित्रिएको सहल आजसम्म २६ वटा जिल्लामा फैलिसकेको छ । एक ठाउँमा स्थिर भएर नबसेको कारण कति जिल्ला र कहाँ कहाँ पुग्न सक्छ त्यसै अनुमान गर्न नसकिने केन्द्रका रामकृष्ण सुवेदीले बताए । हावाको चाप जता जता जान्छ उतै उतै जाने भएका हुनाले दुई तीन अझै फैलिन सक्ने सम्भावना रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!