भारतीय नौसेनाले हिन्द महासागरमा सैन्य उपस्थिति बढाएको छ । चिनियाँ गतिविधिमाथि नजर बढाउन भारतले उक्त कदम चालेको हो । लद्दाखमा सात सातादेखि जारी तनावका कारण भारतले आफ्नो सुरुक्षालाई तीव्रता दिएको बुझिएको छ । आफ्नो सुरक्षाका लागि हिन्द महासागरमा भारतले अमेरिकी र जापानी युद्धपोतसंग संयुक्त रुपमा विभिन्न अभ्यासहरु गरिरहेको जनाइएको छ । गत शनिबार भारतीय नौसेनाको जहाज आइएनएस राण र आइएनएस कुलिशसंग जापानी नौसेना जहाज काशिमा र सिमायुकीसंग संयुक्त अभ्यास गरेको थियो ।

चीनले लद्दाखमा गरिरहेको गतिविधि, साउथ चाइना सीमा देखाइरेहेको आक्रमक उपस्थिती र इन्डो प्यासिफिक क्षेत्रमा चालेको कदमप्रति भारत र जापानले अभ्यास सुरु गरेको जनाइएको छ । लद्दाख, साउथ चाइना सी र इन्डो प्यासिफिक क्षेत्रमा चीनको आक्रमक व्यावहार र बढेदा् सैनय उपस्थितीमाथि निगरानी राख्न अमेरिका, भारत, अष्ट्रेलिया, जापान र फ्रान्सको नौसेनाहरुको साझेदारी भइरहेको भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

१५ जुनमा घटेको घटनालाई मध्ये नजरराखी भारतीय नौसेनाले भारतीय सागरमा हाई एलर्ट घोणणा गरेको छ । इन्डो प्यासिफिकमा चार देशहरुले सागरमा प्रभुत्व जमाउन नयाँ रणनिती बनाइरहेको छ । अमेरिका निरन्तर भारतलाई इन्डो प्यासिफिकमा ठूलो भूमिका खेल्ने प्रोत्साहन गरिरहेको छ । उक्त क्षेत्रमा चीनको बढ्दो उपस्थितीलाई न्यून गर्न सम्पूर्ण प्रयासहरु भइरहेको छ । चीन भने आफ्नो निती र सिद्वान्तबाट पछि नहटि सम्पूर्ण क्षेत्रहरुमा सक्रियता र व्यापक उपस्थिती जनाइरहेको छ । एक तर्फ चीन एकलै छ भने अर्का तर्फ चार ठूला राष्ट्र एक भएको देखिएको छ । चीन एकलै झन् शतिmशाली भएर प्रस्तुत भएरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!