गत असार २ गते हेटौँडामा मृत भेटिएकी सुस्मिता क्षेत्री थापा ह त्यामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेका चार जनालाई आज सार्वजनिक गरेको छ । सो प्रकरणमा प्रहरीले मृतक सुस्मिताका ससुरा प्रकाश, सासू, तुलसा, नन्दहरु दुर्गा र सीतालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । छ महिना अघि दुर्घटनामा मारिएका सुस्मिताका पति रुपेन्द्र कार्यरत संस्थाबाट तलब, भत्ता तथा बीमासमेत गरी प्राप्त हुने रु ३८ लाख २८ हजार तथा पतिको दुर्घटनापछि क्षतिपूर्तिवापत सुस्मिताले प्राप्त गरेको रु पाँचलाखको विवाद, ससुराले गरेको करणी प्रयासको घटना बाहिरिने डर लगायतले उनको ह त्या भएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले पत्रकार सम्मेलनमा जानकारी दिए । पक्राउ परेकी सासू र घटनाको समयमा काठमाडौँमा भएकी जेठी नन्दको पनि हत्यामा संलग्नता रहेको तथा घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।ससुराले घरमा रहेको बेला सुस्मिताको गो प्य अं’गहरूमा छुने गरेको प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले जानकारी दिए ।

यसरी करणी प्रयास गरेपछि घटना लुकाउन ससुराले यो योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । मृतक सुस्मिताको श्रीमान् रुपेन्द्र थापाको करिब १० महिनाअघि कपिलवस्तुस्थित ससुराली घरबाट आउँदा सवारी दुर्घटनामा ज्यान गएको थियो । छोराको निधन कारण सुस्मिता रहेको भन्दै ससुरासहित ४ जनाले उनलाई मानसिक या-तना दिँदै आएका थिए । रुपेन्द्र काम गर्ने हेटौैंडास्थित क्लोजर सिस्टम इन्टरनेशनल प्रालि (सिएसआई)बाट निधन पश्चात पाउने बीमा, बोनस र तलबभत्ताको बाँकी रकम ३८ लाख २८ हजार ४ सय ७२ रुपैयाँ भुक्तानी लिने विषयमा हकवाला ससुरा प्रकाश, सासू तुलसा र मृतक सुस्मिताबीच वि वाद भएको प्रहरी अनुसन्धानमा देखिन्छ । प्रहरी अनुसन्धानबाट सामाजिक सुरक्षा कोषबाट १ लाख ७७ हजार ९ सय ४८ रुपैयाँ मृतक सुस्मिताको खातामा अनलाइन पेमेन्ट भएको देखिन्छ । रुपेन्द्रको जीवन बीमा रहेको नेशनल लाइफ इन्स्योरेन्सबाट ससुरा प्रकाशले (इच्छ्याएको व्यक्ति) १० लाख ६३ हजार ९ सय १४ रुपैयाँ लिएका थिए । सबै रकम निकालेर घरमा ससुरालाई दिनुपर्छ भन्दै घरपरिवारबाट सुस्मितालाई बारम्बार दवाब दिँदै आएको प्रहरीले जनाएको छ ।

प्रहरीले ५ असारमा ससुरा प्रकाश र नन्द सीतालाई पक्राउ गरेपनि सासू र जेठी नन्दलाई पछि पक्राउ गरेको थियो । घटना हुँदा जेठी नन्द दुर्गा काठमाडौंस्थित घरमा थिइन् । प्रहरीले काठमाडौंबाट पक्राउ गरी हेटौंडा ल्याएको हो । सुस्मिताको योजनाबद्ध ह त्यामा उनको पनि संलग्ना रहेको भन्दै प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक राठौरले बताए । योजनाबद्ध हत्यालाई १३ दिन लामो अनुसन्धानपछि मकवानपुर प्रहरीले घटनाको रहस्य पत्ता लगाएको हो । घटनाको विषयमा अनुसन्धान गर्न प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाको नेतृत्वमा अनुसन्धान टोली गठन गरिएको थियो । घटनाको अनुसन्धानमा प्रहरीले प्रदेश प्रमुख प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरको पनि प्रयोग गरेको हो ।

१ असार राति करिब साढे ९ बजे भान्साकोठामा खाना खाएर ससुरा प्रकाश र सासू तुलसा सुत्ने कोठातर्फ लागे । खाना खानुअघि ससुरा प्रकाश म-दिराले ल -ठ्ठ भएका थिए । त्यसपछि नन्द सीता र मृतक सुस्मिता भान्सा कोठामा खाना खाइरहेका थिए । सुस्मिता महिनावारी भएको कारण भान्साकोठाको भुँईमा बुसेर खाना खाँदै थिइन् । सुस्मिताले बचाउ–बचाउ भन्दै आवाज निकालेपछि सासू तुलसा तलबाट भान्सा कोठामा आएकी थिइन् । तुलसालाई प्रकाश र सीता भएर भान्साकोठाबाट बाहिर निकाले । त्यसपश्चात प्रकाश र सीता मिलेर सुस्मिताको ह त्या गरेका थिए । घटना पछि गरेपछि भान्साकोठामा तिरबितर भएका सामानहरु र फु टेका सीसाको कचौराहरु सासू तुलसाले प्लाष्टिकको झोलामा हालेर भान्सा कोठाको बरण्डामा राखिन् । नन्द सीताले आमालाई सुत्ने कोठामा लगेर घटनाको विषयमा हल्ला नर्गन भनिन् । बाबु प्रकाश र छोरी सीता मिलेर ह त्यालाई कसरी देहत्याग बनाउने भन्ने योजना बनाउन थाले । उनीहरुले घटनास्थललाई अर्कै देखाउनको लागि भान्साकोठामा बिग्रिएका सामानहरु सबै मिलाएका थिए ।

भान्साकोठामा भएको कपडाको चकटीले मृतक सुस्मिताको निधारमा भएको घाउ छोपे र ल तपतिएको र गतहरु पनि पुछे । सीतालाई भान्सा कोठाबाट बाहिर निकालेर प्रकाश भान्साकोठा ढोका भित्रबाट चुकुल लगाउँदै पछाडिको आल्मुनियमको स्लाइडिङ झ्याल लगाएर घरको टपबाट बरण्डातर्फ निस्किए । प्रकाशले बरण्डामा रहेको सीसाको टु क्राहरु राखेको प्लाष्टिकको झोला र काठको लौरो घर पछाडि रहेको मकैबारीमा फाले । बाबु प्रकाश र छोरी सीताले र गत लागेको क पडा पाखालेर आफ्नो सुत्ने कोठामा गएका थिए । २ असार बिहान करिब ५ बजे छिमेकमा गएर प्रकाशले बुहारी सुस्मिताले भान्साकोठामा देहत्याग गरेको बताए । स्थानीयहरुले प्रहरीलाई खबर गरेपछि डिएसपीको कमाण्डमा प्रहरी टोली घटनास्थल खटिएको थियो ।

‘खबर पाउनासाथ हाम्रो वडा प्रहरी गयो। केहीबेरमा डिएसपीको टोली पनि घटनास्थलमा पुग्यो,’ राठौरले भने,‘भित्रबाट चुकुल लगाएको कोठामा ला स देखिएपछि हेटौंडा अस्पतालका डाक्टरसहित म पनि त्यहाँ पुगें। हामीले माइती पक्षलाई खबर गर्‍यौं।’ माइती पक्षले आफूहरू आएपछिमात्र शव उठाउन भनेकाले प्रहरी कुर्‍यो। दिउँसो सुस्मिताका बुवा आइपुगे। ‘दुई बजेतिर ढोका फो डेर हेर्दा सुस्मिताको शव उ त्तानो परेको अवस्थामा भेटियो। उनको टा उकोमा चो ट लागेको थियो। वरपर र गत बगेको थियो,’ एसपी राठौरले भने,‘हामीलाई त्यो देहत्याग हो भन्ने लागेन। तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान थाल्यौं।’ अर्को दिन माइती पक्षले सुस्मिताका परिवारविरूद्ध ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिए। डिएसपी इन्द्रबहादुर रानाको नेतृत्वमा अनुसन्धान टोलीले काम थाल्यो।

‘अनुसन्धानबाट उनको ह त्या भएको देखियो,’ एसपी राठौरले भने। प्रहरीको अनुसन्धानले सुस्मिताको ह त्याका पछाडि तीन वटा कारण रहेको देखाएको छ। पहिलो, सासूससुराले आफ्नो छोरो सुस्मिताकै कारण म रेको भन्दै उनलाई मा-नसिक त नाव दिइरहेका थिए। ‘ससुरालाई आफूले गरेको करणीको प्रयासबारे बुहारीले बाहिर भन्ला भन्ने डर थियो। त्यो घटना बाहिर आए जेल जानुपर्थ्यो त्यही भएर उनी बुहारीलाई मार्न चाहन्थे,’ एसपी राठौरले भने।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!