हिपमत डटकम
चितवन,पौष-२०
नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेयिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले महिन्द्राको स्पोर्ट्स यूटिलीटी भेइकल (एसयूभी) ‘एक्सयूभी–३००’ गण्डकी प्रदेश र बुटवल पश्चात अब चितवनमा पनि बिक्रिवितरण शुरु गरेको छ ।‘एक्सयूभी–३००’ गाडीलाई नेपालका लागि महिन्द्रा एण्ड महिन्द्राका प्रमुख चैतन्य कगाल्कर र अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले संयुक्त रूपमा सार्वजनिक गरे ।
समारोहमा बोल्दै अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले भने– हामी एक्सयूभी ३०० चितवनमा उपलब्ध गराउन पाउँदा उत्साहित छौं, जुन अपेक्षापूर्ण नयाँ पुस्ताका महिन्द्रा सवारीसाधनहरूमध्येको नवीनतम भेट हो । मलाई विश्वास छ, नयाँ जमानाको दृष्यता र उच्च प्रविधियुक्त विशेषताहरूयुक्त एक्सयूभी ३०० हाम्रा ग्राहकहरूबीच तत्कालै लोकप्रिय हुनेछ ।