शुक्रबार, भाद्र १३, २०७६ || 2858  पटक पढिएको

काठमान्डाै १३ भदाै । दक्षिण कोरियामा गत शनिबार र आइतबार एशिया कल्चर फेस्टिवलमा भिजिट नेपाल २०२० को प्रचार प्रसार गरिएको छ । कोरियाको राजधानी सौल स्थित हेह्वामा हजारौं कोरियन साथै एसियन मुलुक सामु नेपाली झन्डा नेपाली गीतसंगीत नेपाली भेषभुषा झल्काउदै भिजिट नेपाल २०२० को प्रचार प्रसार गरिएको हो । कोरिया सरकार संस्कृति खेलकुद तथा पर्यटन मन्त्रालय सदस्य साथै स्थानीय प्रतिनिधि सभा सदस्यको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा नेपालको तर्फबाट नवराज शिवाकोटीले सहभागिता जनाउनु भएको थियो । शिवाकोटी कोरियामा रहेका विभिन्न संघसंस्थामा आवद्ध भई विभिन्न सामाजिक कार्यमा अग्रसर रहदै कोरियामा व्यावसाय गर्दै आउनुभएको छ ।
नेपाली जनसहभागिता कम भएता पनि विदेशी नागरिकको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा भिजिट नेपाल २०२० बारे डकुमेन्ट्री सहित नेपाल सम्बन्धि केही संदेश मुलक जानकारी समेत गराइएको थियो ।
शिवाकाटीले बिदेशी नागरिक,कोरियन तथा एसियाली नागरिक सामु नेपालको बारेमा वर्णन गर्दै नेपाल भ्रमण गर्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा प्रवासमा बसेर पनि आफ्नो देशको कला गीतसंगीत भेषभुषाको जगेर्ना गरे बाफत र दुइ देश बीचको सहयोगमा योगदान पुर्याएको भन्दै शिवाकोटीलाई कोरिया सरकार संस्कृति खेलकुद तथा पर्यटन मन्त्रालयले सम्मान गरेको थियो ।

सम्मान पछि शिवाकोटीले आफ्नो धारणा राख्दै भने नेपाल सरकारले कोरिया स्थित नेपाली दूतावास संग सहकार्य गर्दै कोरियाको विभिन्न प्रमुख शहरहरुमा नेपाली खानाका परिकार हरु र नेपाल चिनाउने केही महत्त्वपूर्ण कार्यक्रम हरु राख्ने बाताबरण बनाइदिने हो भने आफू निःशुल्क रुपमा सहयोग गर्न तयार रहेको बताए ।
कार्यक्रममा नेपाली कलाकार र उपस्थित नेपाली समुदायलाई शिवाकोटीले धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!