नेपालमा शनिवार सलह किरा प्रवेश गरेको छ । त्यो प्रवेश गरेसँगै सरकारले त्यसमा विभिन्न अध्ययन अनुसन्धान शुरु गरेको छ । सलह किरालाई व्यवसायिक रुप दिन पनि सरकारले तयारी गरिरहेको छ । प्रदेश ५ मा सलह किरा मा’रेर ल्याउनेलाई किलोको २० रुपियाँ दिने त्यहाँको सरकारले घोषणा नै गरेको छ, केन्द्रबाट पनि यस्तो घोषणा गर्ने हो कि भन्ने विषयमा छलफल भइरहेको उनले बताए । भारत, पाकिस्तान लगायतका देशमा पनि त्यहाँका सरकारले सलह किरा सर्वसधारणबाट खरिद गर्ने गरेको छ । अब मन्त्रालयले पनि त्यसको बारेमा सोच्ने हो कि भन्ने छलफल भइरहेको छ । सलह किरा दानाका लागि एकदमै पौष्टिक तत्व मानिन्छ । नेपालमा त्यसको खपत कति हुन्छ त्यो बेग्लै कुरा हो तर विदेशतिर यसलाई दानाको रुपमा मात्र होइन मानिसले पनि खाने गरेको बताउँदै पर्सामा हिजो मात्रै सलह किरा मा रेर खाएको रिपोर्ट मन्त्रालयलाई प्राप्त भएको उनले बताए । मानिसका लागि पनि यसबाट पौष्टिक तत्व प्राप्त हुने बताइन्छ । प्लान्ट क्वारेन्टाइन तथा वि षादी व्यवस्थापन केन्द्र वि षादी विज्ञ महेश आचार्यले सलह किरा मान्छेले पनि खान सक्ने र यसमा राँगा–खसीको मासुमा भन्दा बढी पौष्टिक तत्व पाइने बताए । यसलाई कतिपय देशमा व्यवसायिक रुपमा पनि प्रयोगमा ल्याइएको उनले बताए । तर नेपालमा थोरै मात्रामा आएको हुनाले यसलाई समात्न त्यति सम्भव नदेखिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!