भारत–चीनबीचको सीमा विवाद चर्कदै गएको छ । लद्दाखको गाल्वान उपत्यकामा केही दिन पहिले भएको लडाँईमा भारतका एक कमान्डरसहित २० जवानले ज्यान गुमाएका थिए । यो बीचमा नेपाल सरकारद्धारा प्रतिवन्धको मार खेप्दै आएका नेत्र विक्रम चन्द भन्छन् कि नेपाली नागरिकलाई भारतले चीनको बिरूद्ध प्रयोग गर्नु हुँदैन । यस विषयलाई भारतले विशेष महत्वको साथ लिएको छ । चर्चित अंग्रेजी पत्रिका ‘द हिन्दु’ले नेपालको एक अवैध राजनीतिक समूहले भारतका गोर्खा नागरिकहरू चीनको बिरूद्ध गर्न नहुने माग गरेका छन भनेर लेखेको छ ।समाचारमा थप भनिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी, नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको छ जुन अहिले भूमिगत छ ।

तर काठमाडौंमा क्रान्तिकारी वामपन्थीहरूको नेतृत्वमा नेपाली नागरिकलाई गोर्खा रेजिमेन्टका रुपमा भारतीय सेनामा भइरहेको भर्ती तत्काल रोक्न आग्रह गरिएको छ ।’नेपालमा यस खालका आवाजहरु पहिले देखि नै उठ्दै आएका छन् ।नेपाल एक स्वतन्त्र मुलुक भएको भन्दै कुनै एक देशको स्वार्थका लागि प्रयोग हुनु हुँदैन् । भारत र चीनको सीमा तनाव पछि गाल्वान उपत्यकामा भारतीय सैनिकले ज्यान गुमाएपछि भारतले हाल विदामा नेपाल आएका गोर्खा रेजिमेन्टमा रहेका नेपालीलाई काममा फर्कन भनेपछि विप्लवको यस्तो प्रतिकृया आएको हो ।विप्लवका अनुसार भारतीय पक्षले चीनका बिरूद्धको ल–डाईमा हाम्रा नेपाली गार्खालाई भारत–चीन सीमामा तैनाथ गर्ने तयारी गरिरहेको छ ।

यो भन्दा पहिले रक्षामन्त्री इश्वर पोखरेलले पनि गोर्खा रेजिमेन्टको नाम लिएर भारतलाई चेतावनी दिइसकेका छन् ।विज्ञप्तिमा ‘नेपाल ‘गठबन्धनविहीन विदेश नीति’ अनुसरण गर्दछ भनिएको छ ।भारतले गोर्खा सेनाको परिचालन चीनसँगको सीमामा गर्दा नेपालको विदेश नीतिको उल्टो हुने कुरा चन्दले उल्लेख गरेका छन् ।विज्ञप्तिमा भनिएको छ, ‘नेपाल एक स्वतन्त्र राष्ट्र हो र एक देशको सेनाका लागि कार्यरत युवाहरुलाई अर्को देशको बिरूद्ध प्रयोग गर्नु हुँदैन ।’नेपालको विदेश मन्त्रालयले दुवै देशहरुलाई शान्तिपुर्ण तरिकाले वार्तामार्फत समाधान खोज्न भनेको छ । मन्त्रालयले जारी गरेको बयानमा भनिएको छ, ‘हाम्रो मित्र छिमेकी भारत र चीनको बीचमा गाल्वान उपत्यका क्षेत्रमा हालसालै भएका घटनाक्रमका सन्दर्भमा नेपाल विश्वस्त छ कि दुवै छिमेकी देशहरूले आपसी मतभेद द्विपक्षीय, क्षेत्रीय र शान्तिपूर्वक देशका पक्षमा सुल्झाउनेछन्।’ नेपालले भारत र चीनले विश्व शान्ति र स्थायित्वमा टेवा पुर्याउने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!