मालावीका प्रतिपक्षी नेता लाजारूस चक्वेरा गत मङ्गलबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा विजयी हुनुभएको छ । चक्वेराले प्रमुख प्रतिद्वन्द्वी बहालवाला राष्ट्रपति पिटर मुथारिकालाई अत्यधिक बहुमतसाथ पराजित गर्नुभएको हो । चक्वेरा निर्वाचनमा ५८ प्रतिशत मतसहित विजयी हुनुभएको मालावीको निर्वाचन आयोगले शनिबार राति पुष्टि गरेको छ । आयोगका अध्यक्ष चिफुन्डो कचालेले निर्वाचनको परिणाम सार्वजनिक गर्दै भन्नुभयो, “मालावीको २८ जिल्ला र १९३ निर्वाचन क्षेत्रका लागि कूल पाँच हजार दुई मतदान केन्द्रमा भएको मतदानको सम्पूर्ण मत परिणाममा प्रतिपक्षी नेता चक्वेरा ५८ प्रतिशत मत परिणामसहित निर्वाचित हुनुभएको छ ।” चक्वेराले मालावीका वर्तमान् उपराष्ट्रपति तथा ‘यूनाइटेड ट्रान्सफर्मेसन मुभमेन्ट’ का नेता साउलोस चिलिमालाई आफ्नो सात दलीय गठबन्धनको तर्फबाट उपराष्ट्रपति बनाउने घोषणा गरिसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!