आइतबार, आषाढ १४, २०७७ || 593  पटक पढिएको

त्रिदेशीय सीमाबिन्दु पहिल्याउन नसक्दा नेपाल–भारत तथा नेपाल–चीन दुवैतर्फ जीरो नम्बर पिलर अझै बिछ्याइएको छैन। दुवैतिर १ नंम्बरबाट पिलर बिछ्याउन सुरु गरिएको छ। नेपाल–भारत सीमामा भारततर्फ ८ हजार ५ सय ५३ तथा चीनतर्फ १ सय वटा पिलर बिछ्याइएको छ र त्यसको सुरुवात १ नम्बरबाटै गरिएको छ। जिरो नम्बर पिलर राखिएको ठाउँ त्रिपक्षीय सीमाबिन्दु हो। त्रिदेशीय सीमाबिन्दुले तीन देशको सीमा आपसमा छुट्याउने गर्छ।

भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता जनक जोशीले हालसम्म त्रिदेशीय बिन्दु निश्चित नभएकोले दुवैतिर शून्य नम्बरको पिलर बिछ्याउने काम नभएको बताए। ‘अहिलेसम्म त्रिदेशीय बिन्दु निश्चित गरिएको छैन, त्यसैले शून्य नम्बर पिलर बिछ्याउने काम नभएको हो,’ उनले भने।

नेपालको पश्चिमी सीमा दार्चुला र पूर्वीसीमा ताप्लेजुङसँग भारत र चीन जोडिएका छन्। त्यसकारण पश्चिममा दार्चुला र पूर्वमा ताप्लेजुङमा त्रिदेशीय सीमाबिन्दु कायम हुनुपर्ने हो। तर नेपाल र चीनबीच सीमासम्बन्धी सहमति हुँदा भारतीय पक्षको उपस्थिति नभएपछि त्रिदेशीय सीमाबिन्दु कायम हुन सकेन, जसबाट पूर्व र पश्चिम दुवैतिर सिमानामा जिरो नम्बर पिलर नगाडिएको सीमाविद् बुद्धिनारायण श्रेष्ठले बताए।

त्रिपक्षीय सीमाबिन्दु कायम गर्दा तीन देशबीच सहमति आवश्यक पर्छ। सन् १९६१मा नेपाल र चीनबीच सीमा सहमति हुँदा भारतीय पक्ष अनुपस्थिति थियो। त्रिदेशीय सीमा सम्झौतामा भारतीय पक्ष सहमतिमा अनुपस्थित भएपछि चीनसँग नेपालको पश्चिमी सीमा टिंकरबाट सुरु गरिएको छ। टिंकरमा एक नम्बर पिलर बिछ्याइएको छ। यसैगरी, पूर्वतिर ताप्लेजुङमा पनि जिरो नम्बर पिलर बिछ्याइएको छैन। सन् १८१६ मा भएको सुगौली सन्धिअनुसार नेपाल र भारतबीच सीमा सम्झौता भएको हो। सुगौली सन्धिपछि चीनसँग सम्झौता गरिएको थियो। चीनसँग सम्झौता हुँदा भारतीय पक्ष अनुपस्थित थियो।

सुगौली सन्धिअनुसार नेपाल–भारतबीच पश्चिमी सीमा लिम्पियाधुरासम्म जोडिएको छ। यसबाट लिम्पियाधुराबाट नेपालको जिरो पिलर बिछ्याइनुपर्ने भए पनि लिम्पियाधुरासम्मका लागि भारतको सहमति नहुँदा जिरो नम्बर पिलर बिछ्याउने काम नभएको नापी विभागका कर्मचारीले जानकारी दिए।

नेपाल–भारतबीच पश्चिमी सीमामा विवाद भए पनि पूर्वतिर भने छैन। पश्चिमी सीमाको विषयमा विवाद नटुंगिएपछि विवाद नभएको पूर्वी सिमानामा पनि त्रिदेशीय सीमा कायम हुन नसकेको सीमाविद् श्रेष्ठले बताए। नापी विभागका अनुसार सन् १९७९ मा नेपाल–चीनसंयुक्त प्राविधिक टोलीको बैठकमा पनि त्रिदेशीय सीमाबिन्दु कायम गर्नेबारे छलफल भएको थियो। तर त्यसबेला पनि भारतीय पक्षले सहमति नजनाउँदा परिणाम निस्केन।

विभागका अनुसार त्रिदेशीय सीमाबारे नेपालले सन् १९८१ मा नेपाल र भारतीय पक्षबीच भएको बैठकमा कुरा उठाएको थियो। तर भारतीय पक्षले सन् १९७९ मा नेपाल–चीनबीच भएको सीमा निरीक्षण तथा अध्ययन बैठकमै विरोध जनाएको थियो। भारतीय पक्षले सन् १९७९ को नेपाल–चीन बैठकले गरेको निर्णय पनि अस्वीकार गर्ने भारतीय पक्षले बताएको थियो, त्यसपछि त्रिदेशीय सीमाबिन्दु निश्चित गर्ने काम नभएको आजको नागरिक दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!