भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको कुल संख्या शनिबार पाँच लाखभन्दा बढी भएको छ । भारतमा दैनिक हजारौको संख्यामा नयाँ सङ्क्रमितहरु थपिदै गएकाले कुल सङ्क्रमितको संख्या पाँच लाखभन्दा बढी पुगेको हो ।

सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्रै १८ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । भारतमा शनिबार बिहान सार्वजनिक गरिएको तथ्यांकअनुसार एकैदिनमा १८ लाख ५५२ जना सङ्क्रमित भएका हुन् ।

गत जुनदेखि मात्रै भारतमा तीन लाख १८ हजार नयाँ सङ्क्रमित थपिएको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । देशभरी अहिले एक लाख ९७ हजार ३८७ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने सङ्क्रमणमुक्त हुनेहरुको संख्या दुई लाख ९५ हजार ८८० पुगेको छ ।

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर अहिलेसम्म मृत्यु भएकाहरुको कुल संख्या १५ हजार ६८५ पुगेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसबाट सवैभन्दा धेरै महाराष्ट्र प्रदेश प्रभावित भएको छ । सो प्रदेशमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका र मृत्यु भएकाहरुको संख्या सवैभन्दा धेरै रहेको छ । महाराष्ट्रमा मात्रै अहिलेसम्म एक लाख ५२ हजार ७६५ जना सङ्क्रमित भएका छन् ।
त्यसैगरी केन्द्रिय राजधानी समेत रहेको दिल्ली प्रदेशमा ७४ हजार ६२२ जना सङ्क्रमित भएको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!