शनिबार, आषाढ १३, २०७७ || 540  पटक पढिएको

सय वर्ष भन्दा बढी उमेर रहेका एक जना पुरुष कोरोना भाइरस संक्रमणलाई परास्त गर्न सफल भएका छन्। उपचारमा संलग्न डाक्टरहरुले उनी निको भएपछि खुशी र आश्चर्य व्यक्त गरेका छन् । उनको उमेर १ सय १४ वर्ष रहेको र उनी विश्वकै सबैभन्दा पाको उमेरका मानिसका रुपमा रहेको उनको परिवारले दावी गरेका छन् । उनको नाम अवा तिलाहुन वोल्डेमाइकल रहेको परिवारले जनाएको छ ।

तर, उनको जन्म दर्ता प्रमाणपत्र नभएको कारण उमेर यकिन गर्न अप्ठ्यारो रहेको जनाइएको छ । इथोपिया राजधानी अद्दिस अवावामा गरिएको कोरोना परिक्षण अभियानको क्रममा उनी पोजिटिभ भएको फेला परेको थियो । चौंध दिन लामो उपचारको क्रममा उनलाई सात दिन जति अक्सिजन दिइएको थियो । इथोपियामा कोरोना संक्रमितको संख्या पाँच हजार पुगेको छ भने मृत्यु हुनेको संख्या ८१ पुगेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!