आइतबार, पौष २०, २०७६ || 1004  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,पौष-२०

नागरिक दैनिकमा नेपाल वायुसेवा निगमको व्यवस्थापकीय कमजोरीका कारण चीनबाट ल्याएका वाई–१२ सिरिजका चारवटै जहाज ग्राउन्डेड भएको छ । व्यवस्थापन पक्षले जनशक्ति अभावमा विभान ग्राउन्डेड भएको बताउँदै आए पनि यो सत्य भने होइन । पाइलट अभाव भएको भनिएका निगमका जहाजमा क्रमशः विभिन्न समस्या देखिँदै आएपछि ग्राउन्डेड गरिएका हुन् । ‘सुरुमा चिनियाँ जहाज चलाउन पाइलट अभाव भएको सत्य हो । पछिल्लो समय विमानमा धेरै समस्या देखिएका कारण उडान बन्द गर्नुपरेको हो,’ निगमका एक उच्च अधिकारीले भने, ‘सुरुमै चिनियाँ विमान ल्याउन नहुने भनिएको थियो  तर व्यवस्थापनमा बस्ने व्यक्तिहरु र सरकारको दबाबमा ल्याउनुपरेको हो । ती अधिकारीका अनुसार छिमेकी मुलुक चीनले पनि केही विमान अनुदानमा दिएको देखाएर नेपाललाई थप जाहज किन्न दबाब दिएको थियो । चारवटा चिनियाँ विमानमध्ये पछिल्लो समय एउटा मात्रै वाई–१२ ले उडान भरिरहेको थियो । त्यो पनि गत पुस ६ बाट बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!