बितेको २४ घण्टामा नेपालमा थप ५५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार रसुवामा पनि ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रसुवाका संक्रमितमा ८ महिला र एक पुरुष रहेका छन् । योसँगै नेपालका ७७ वटै जिल्लामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

शनिबारको अद्यावधिक विवरणअनुसार नेपालमा कूल संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ । यस्तै बितेको २४ घण्टामा १८ महिला र ११८ पुरुष गरी १३६ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोना निको हुनेको कूल संख्या २८ सय ३४ पुगेको छ।

यसैबीच कोरानाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ । भरतपुर कोरोना विशेष अस्पतालमा कैलालीका ५० वर्षीय पुरुषको मृत्यु भएसँगै स‌क्रमणबाट मृत्यु हुनेकाे स‌ख्या २८ पुगेकाे गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!